Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा दुर्घटना, एकजनाको मृत्यु

हाम्रो कोशी आवाज
मंसिर १२ २०८२, शुक्रबार
धरानमा दुर्घटना, एकजनाको मृत्यु

धरानः धरानमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । तीब्र गतिको मोटरसाइकल सडक किनारमा रोकिएको ट्रकमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
धरान-८ तीनकुनेस्थित कोशी लोकमार्गमा धरानबाट इटहरीतर्फ जाँदै गरेको प्र१–०३–००१प १३२४ नम्बरको २०० सिसीको मोटरसाइकलले प्र १–०२–००१ ख ८७५७ नम्बरको सडकको साइडमा रोकिराखेको ट्रकमा पछाडिबाट ठक्कर दिई सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा इटहरी–४ बस्ने २५ वर्षीय मन्जिल लिम्बू रहेको प्रहरीले जनाएको छ । उनको हात अनुहारमा गम्भीर चोट लागेको र बोल्न नसक्ने अवस्थामा उद्धार गरेर धरानस्थित बीपी प्रतिष्ठानमा उपचारका लागि भर्ना गरिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल पछाडि सवार धरान–५ बस्ने ३२ वर्षीय अमित राईको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ । दुर्घटनामा संलग्न ट्रकका चालक, तेह्रथुम फेदाप गाउँपालिका–२ का २७ वर्षीय गणेश भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतक लिम्बूको शव प्रतिष्ठानको शव गृहमा राखिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: मंसिर १२ २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend