Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

बीपी प्रतिष्ठान र भारतको बालाजी विद्यापीठबीच सम्झौता

हाम्रो कोशी आवाज
मंसिर २९ २०८२, सोमबार
बीपी प्रतिष्ठान र भारतको बालाजी विद्यापीठबीच सम्झौता

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र भारतको पुदुचेरी राज्यमा अवस्थित श्री बालाजी विद्यापीठ विश्वविद्यालयबीच चिकित्सा शिक्षा तथा स्वास्थ्य अनुसन्धानमा एक आपसमा सहकार्य गर्ने सहमति गरिएको छ। चिकित्सा शिक्षा र स्वास्थ्य अनुसन्धानलाई प्रभावकारी बनाउने उद्देश्यले दुवै संस्थाले समझदारीपत्र हस्ताक्षर गरेका छन्।
सम्झौताअनुसार दुवै संस्थाबीच शैक्षिक सहकार्य, सांस्कृतिक आदान–प्रदान, शिक्षक तथा विद्यार्थी आदान–प्रदान, संयुक्त अनुसन्धान परियोजना सञ्चालन तथा चिकित्सा शिक्षाको गुणस्तर अभिवृद्धिमा सहकार्य गरिने बीपी प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा. सन्जिवकुमार शर्माले बताएका छन्। साथै अनुसन्धानको नैतिकता, चिकित्सा शिक्षाको नवीनता र निरन्तर चिकित्सा शिक्षा जस्ता कार्यक्रमलाई प्राथमिकता दिने लक्ष्य राखिएको उनले बताए।
सम्झौता हस्ताक्षर कार्यक्रममा बीपी प्रतिष्ठानको तर्फबाट शिक्षाध्यक्ष प्रा. डा. सञ्जीव कुमार शर्मा, डीन प्रा. डा. शिवेन्द्र झा, सहायक डीन डा. भीम सिंह लगायतको उपस्थिति रहेको थियो। यस्तै श्री बालाजी विद्यापीठ विश्वविद्यालयका तर्फबाट इन्स्टिच्युट अफ हेल्थ प्रोफेसन्स एजुकेसनका निर्देशक प्रा. डा. एम. शिवाशंकरसहितका पदाधिकारी सहभागी थिए।
सम्झौतामा बीपीकेआईएचएसका निमित्त उपकुलपति तथा शिक्षाध्यक्ष प्रा. डा. सञ्जीव कुमार शर्माले र श्री बालाजी विद्यापीठ विश्वविद्यालयका रजिस्टार प्रा.डा. श्रीनिवासनले हस्ताक्षर गरेका छन्। यो सम्झौताले दुवै संस्थाका विद्यार्थी, शिक्षक तथा अनुसन्धानकर्तालाई लाभ पुग्ने बताइएको छ।

प्रकाशित मिति: मंसिर २९ २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend