Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा लागूऔषध कारोबारमा संलग्न समातिए

हाम्रो कोशी आवाज
पुष ६ २०८२, आइतबार
धरानमा लागूऔषध कारोबारमा संलग्न समातिए

धरानमा लागूऔषधको कारोबारमा संलग्न रहेका पाँच जना कारोबारीलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूको साथबाट प्रतिबन्धित लागू औषध बरामद गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी भीषणबाबू राईले जानकारी दिए।
धरान उपमहानगरपालिका–१६ विशाल मार्गस्थित शिव राईको घरमा प्रहरीले खानतलासीका क्रममा शिव राईका २० वर्षीय छोरा सचिन राईको कोठाबाट प्रतिबन्धित लागू औषध ट्रामाडोल ६ हजार ३०० ट्याब्लेट र स्पासपेन ३ हजार ५१८ क्याप्सुल बरामद गरिएको डिएसपी राईले बताए। उनले बरामद लागू औषधसहित सचिन राईसहित सोही कोठामा रहेका अन्य पाँच जनालाई पक्राउ गरिएको बताए ।
पक्राउ पर्नेमा धरान–१६ बस्ने सरोजबहादुर राईका छोरा २० वर्षीय सौरव राई, धरान–११ बस्ने विनोद लिम्बुका छोरा २४ वर्षीय अश्विन लिम्बु, धरान–१७ बस्ने गणेश बहादुर खड्काका छोरा २५ वर्षीय संजय खड्का र धरान–१६ कै छलमान राईका छोरा २५ वर्षीय सुजन राई रहेका छन् । उनीहरूलाई लागू औषध सम्बन्धी कसुरमा थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धरानमा राखिएको प्रहरीले जनाएको छ ।
धरानमा पछिल्लो समय युवाहरू लागू औषधको कुलतमा फस्दै गएकाले सबै मिलेर यसको नियन्त्रणमा लाग्नुपर्ने आवश्यकता देखिएको छ ।

प्रकाशित मिति: पुष ६ २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend