धरानः धरानमा शितलहरका कारण चिसो बढेपछि विद्यालयको पठनपाठन प्रभावित भएको छ ।
शीतलहरको प्रभाव बढ्दै गएपछि धरानमा तीनदिन बिदा दिइएको छ । धरान उपमहानगरपालिकाले एक सूचना जारी गर्दै नगर प्रमुख स्तरीय निर्णयले तीनदिन पुस १६ गतेदेखि १८ गतेसम्म बिदा दिइएको जनाइएको छ । धरान उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद महाशाखाद्वारा जारी सूचनाअनुसार पुस १६ गतेदेखि १८ गतेसम्म तीन दिन विद्यालयमा पठनपाठन, परीक्षा तथा अन्य सम्पूर्ण शैक्षिक गतिविधि स्थगित गरिएको हो।
