Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा बीच बाटोमै अचेत भेटिएका राईको मृत्यु भएपछि अनुसन्धान गर्दै प्रहरी

हाम्रो कोशी आवाज
पुष २२ २०८२, मंगलबार
धरानमा बीच बाटोमै अचेत भेटिएका राईको मृत्यु भएपछि अनुसन्धान गर्दै प्रहरी

धरानः गत आइतबार धरान-१७ मा एकजनामा एकजना व्यक्ति बाटोमै अचेत फेला परे ।
धरान-१७ नमूना वस्ती बस्ने ३५ वर्षीय प्रेम राई बाटोमै अचेत अवस्थामा फेला परेका थिए । अचेत भेटिएका राईका ससुरा गोविन्द श्रेष्ठले अस्थायी प्रहरी चौकी रेल्वेमा फोनमार्फत् प्रहरीलाई जानकारी दिएपछि प्रहरी चौकी रेल्वेबाट प्रहरी हवल्दार नरबहादुर राईको कमाण्डमा खटिएको प्रहरीले टोलीले तत्कालै उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुरयाएको थियो ।
उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए । राईको हत्याको आशंकामा अनुसन्धान अघि बढाएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी भीषणबाबु राईले जानकारी दिए । ‘खासमा अहिले विभिन्न कोणबाट अनुसन्धानलाई तीब्रता दिइएको छ, हत्या वा अन्य कारणले हो भन्नेबारेमा हामी अनुसन्धान गर्दैछौं,’ उनले भने । उनको शरीरमा निलडाम पनि देखिएको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति: पुष २२ २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend