Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा ठूलो परिमाणमा लागूऔध फेला, दुईजना समातिए

हाम्रो कोशी आवाज
पुष २८ २०८२, सोमबार
धरानमा ठूलो परिमाणमा लागूऔध फेला, दुईजना समातिए

धरान: ठूलो परिमाणको लागूऔषधसहित दुईजना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय धरानले लागुऔषध नियन्त्रण अभियानअन्तर्गत ठूलो परिमाणको लागूऔषधधसहित उनीहरूलाई पक्राउ गरेको डीएसपी भीषणबाबु राईले जानकारी दिए।
प्रहरी हवल्दार खेम बरालको कमाण्डमा खटिएको तीनजनाको गस्ती टोलीले धरान उपमहानगरपालिका–१७ मा कालाबञ्जारबाट धरानतर्फ आउँदै गरेको को१८प ४२५६ नम्बरको मोटरसाइकललाई रोकी चेकजाँच गरेको थियो। चेकजाँचका क्रममा मोटरसाइकलमा सवार सुनसरीको कोशी गाउँपालिका–१ का १८ वर्षीय जयप्रकाश यादवको साथबाट लागुऔषध ट्रामाडोल ९ हजार ९ सय १० क्याप्सुल फेला परेको डीएसपी राईले बताए।
लागुऔषध बरामद गरेपछि प्रहरीले लागूऔषधसहित जयप्रकाश यादव र मोटरसाइकल चालक सोही स्थानका २३ वर्षीय रोशन झालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धरानको हिरासतमा राखेको छ।

प्रकाशित मिति: पुष २८ २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend