धरानः प्रहरीले भेडेटारबाट गाँजासहित एम्बुलेन्स नियन्त्रणमा लिएका ेछ ।
धनकुटाको साँगुरीगढी गाउँपालिका–६ भेडेटारस्थित ४५९ किलो ९६५ ग्राम लागूऔषध गाँजा बोकेको एम्बुलेन्स प्रहरीले नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलीले साँगुरीगढी गाउँपालिका–६ भेडेटारनजिक सडक साइडमा शंकास्पद अवस्थामा रहेको ना४च ६४७४ नम्बरको एम्बुलेन्स चेकजाँचको क्रममा एम्बुलेन्सभित्र प्लास्टिकको पोकामा ४ सय ५९ किलो ९ सय ६५ ग्राम गाँजा बरामद भएको थियो । लागूऔषध गाँजा ओसारपसारमा संलग्न व्यक्तिको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
एम्बुलेन्स चालक नभेटिएको प्रहरीले जनाएको छ । चालक किन भाग्छन् भन्ने प्रश्न भने जनताले उठाइरहेका छन् ।