Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानका मेयर हर्क साम्पाङले राजीनामा दिएर चुनावी मैदानमा

हाम्रो कोशी आवाज
माघ ४ २०८२, आइतबार
धरानका मेयर हर्क साम्पाङले राजीनामा दिएर चुनावी मैदानमा

धरान : धरान उपमहानगरपालिका प्रमुख हर्कराज राई (हर्क साम्पाङ्ग) ले राजीनामा दिएका छन्। स्वतन्त्र उम्मेदवार बनेर २०७९ सालमा भएको स्थानीय तहको निवार्चनमा धरान उपमहानगरपालिका प्रमुखमा विजयी भएका हर्कले यस अघि नै प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बन्ने घोष्णा गरेका थिए ।
उपमहानगर प्रमुख हर्कले उपप्रमुख अइन्द्र विक्रम वेघालाई राजीनामा वुझाएका हुन । श्रम संस्कृति पार्टीका अध्यक्ष समेत रहेका हर्कले सुनसरी क्षेत्र नम्बर १ बाट आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिने यस अघि नै घोषणा गरेका थिए । उनले राजीनामा दिएसँगै उपमेयर बेघाले स्वीकृत गरेका छन् । नगरप्रमुख साम्पाङ श्रम संस्कृति पार्टीबाट प्रतिनिधिसभा निर्वाचनमा उमेदवारी दिने भएका हुन् । उक्त पार्टीको चुनाव चिह्न ‘अञ्जुलीभित्रको माटो’ रहेको छ ।
नगरप्रमुख साम्पाङले तीन वर्ष आठ महिना २४ दिन कार्यभार सम्हालेका थिए ।  उनले आफ्नै अध्यक्षतामा श्रम संस्कृति पार्टी गठन गरेर ‘हर्कवाद’ को सिद्धान्त नै अघि सारेका छन्।

प्रकाशित मिति: माघ ४ २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend