Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानकी १५ वर्षीया छात्राले जितिन् ५ लाख, फिल्म खेल्ने अफर, ५ लाखको छात्रवृत्ति पनि

हाम्रो कोशी आवाज
फाल्गुन ४ २०८२, सोमबार
धरानकी १५ वर्षीया छात्राले जितिन् ५ लाख, फिल्म खेल्ने अफर, ५ लाखको छात्रवृत्ति पनि

धरानः धरान–१७ स्थित इमानुयल इङ्लिस बोर्डिङ स्कुलमा कक्षा–१० मा अध्ययरत् छात्रा सामना खनाल ‘रियल मि स्टुडेन्ट अफ द इयर–२०८२’ बनेकी छिन् ।
उनले बिजेता हुँदै ५ लाख २५ हजार नगद पुरस्कार जितेकी छिन् भने ५ लाख बराबरको छात्रवृत्ति पनि पाएकी छिन् । यस्तै, उनलाई रेखा फिल्मस्को ब्यानरमा फिल्म खेल्ने अफर समेत आएको छ । १५ वर्षीया उनले ‘याक्टिङ’ विधामा कला देखाउँदै यतिको रकम हात पारेकी हुन् ।
बिजेता सामनालाई सोमबार एक विशेष कार्यक्रमबीच सम्मान गरिएको छ । इमानुयल बोर्डिङमा कक्षा–१० मा अध्ययनरत् खनालले गत माघ २७ गते राजधानी काठमाडौंमा सम्पन्न फाइनल प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जितेकी थिइन् । सो उपलब्धिपछि विद्यालयले उनलाई सम्मानपत्र र खदा ओढाएर औपचारिक सम्मान गरेको हो ।
विद्यालयका प्रिन्सिपल प्रभाष राजजंशीले सम्मान गर्दै सामना खनालले इमानुयल स्कुल मात्र नभई समग्र धरानको नाम उच्च राख्न सफल भएको बताए । उनले सामनाको मिहिनत, अनुशासन र आत्मविश्वास सबै विद्यार्थीका लागि प्रेरणाको स्रोत भएको उल्लेख गरे ।
कार्यक्रममा सामनाका आमा रचना खनाल तथा बुवा साजन खनाललाई पनि सम्मानपत्र प्रदान गरिएको थियो । छोरीको सफलतामा निरन्तर साथ र हौसला प्रदान गरेको भन्दै विद्यालयले अभिभावकलाई समेत कदर गरेको हो ।
सामनाका बुवा साजन खनालले धैर्यता र सकारात्मक सोंच भएमा सफलता अवश्य प्राप्त हुने विश्वास सधैं दिलाउँदै आएको बताए । परिवारको साथ, आत्मविश्वास र निरन्तर प्रयासकै कारण यो उपलब्धि सम्भव भएको उनको भनाइ थियो । सम्मानित भएपछि सामनाले आफूलाई बिजेता बनाउन सहयोग पुरयाउने सबैलाई धन्यवाद ब्यक्त गरिन् ।

 

प्रकाशित मिति: फाल्गुन ४ २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend