Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा उत्साहपूर्ण र शान्तिपूर्णरुपमा मतदान (४९ तस्वीर र भिडियोसहित)

हाम्रो कोशी आवाज
फाल्गुन २१ २०८२, बिहिबार
धरानमा उत्साहपूर्ण र शान्तिपूर्णरुपमा मतदान (४९ तस्वीर र भिडियोसहित)

धरानः धरानमा नयाँ सांसद् चुन्न जनता जुर्मुराएका छन् । यसपटक जनताको उत्साहपूर्ण उपस्थिति छ । निर्वाचन आयोगले मतदानका लागि बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्मको समय छुट्याएको छ ।
यसपटकको निर्वाचनमा कसैले यो उम्मेद्वारलाई मत खसाल्नुहोस् भनेको कहीँकतै नसनिएको स्थानीय सीताराम आचार्य बताउँछन् । ‘यसपटक कुनै पार्टीका कार्यकर्ताले यो उम्मेदवारलाई मत खसाल्नुहोस् समेत भनेको पाइएन’, उनले भने, ‘यसपटक धरानमा गोप्य मतदान सारै मजाले भइरहेको छ ।’
सहायक मतदान अधिकृत वेदप्रसाद सापकोटाका अनुसार धरानमा अहिले शान्तिपूर्ण, भयरहित र उत्साहपूर्णरुपमा मतदान भइरहेको छ । साढे ६ बजेपछि मतदानका लागि लाइनमा बसेका मतदाताहरूले समयमै मतदान गर्न पाएका छन् । निर्वाचन कार्यालयले यसपटक ७० देखि ७५ प्रतिशतसम्म मत खस्ने आंकलन गरेको छ ।
मतदानमा उत्साहजनक सहभागिता भएपनि युवापुस्ताको कम उपस्थितिले केही कम खस्न सक्ने आँकलन गरिएको पर्यवेक्षकहरु बताउँछन् । अशक्त (फरक क्षमता भएका) को सहभागिता पनि उल्लेखनीय भएपनि मतदान केन्द्र अपाङ्गमैत्री नभएको पाइएको छ ।
काखे नानी च्याप्नेदेखि, वृद्धवृद्धा, अशक्त, दृष्टिविहीन (फरक क्षमता) साथै कोही लौरो टेकेर पनि बुथमा पुगेका थिए । प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि सुनसरी क्षेत्र नं. १ का भएको निर्वाचनमा सबैजसो मतदान केन्द्रमा महिला र पुरुषका लागि छुट्टा–छुट्टै प्रवेशद्वार बनाइएको छ ।
सुनसरी १ मा कुल १ लाख ५० हजार ३ सय ९३ मतदाता छन् । निर्वाचन आयोगको विवरणअनुसार यस क्षेत्रमा पुरुष ७२ हजार १८०, महिला ७८ हजार २१२ तथा यौनिक तथा लैंगिक अल्पसंख्यक एकजना मतदाता छन् । धरान र बराहक्षेत्र नगरपालिकाका १, २, ३, ४ र ५ नम्बर वडा सुनसरी १ मा पर्छन् । बराहक्षेत्रको छिमेकी रामधुनी नगरपालिकाका वडा नम्बर ६ र ७ पनि यही निर्वाचन क्षेत्रभित्र छन् ।

प्रकाशित मिति: फाल्गुन २१ २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend