Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको पिण्डेश्वरमा रथोत्सव

हाम्रो कोशी आवाज
चैत्र ५ २०८२, बिहिबार
धरानको पिण्डेश्वरमा रथोत्सव

धरान उपमहानगरपालिका–१४ स्थित पिण्डेश्वर बाबाधाममा बिहीबारदेखि रथयात्रा शुरु भएको छ । रथयात्रा चैत १९ गतेसम्म सञ्चालन हुनेछ ।
पिण्डेश्वर बाबाधाम समिति र पिण्डेश्वर महादेव मन्दिरको संयुक्त आयोजना तथा बुढासुब्बा मन्दिर सम्भार एवं संरक्षण परिषद्, दन्तकाली मन्दिर व्यवस्थापन समिति, पञ्चकन्या मन्दिर व्यवस्थापन समितिको सहयोगमा रथयात्रा सुरु भएको पिण्डेश्वर बाबाधाम सेवा समितिका अध्यक्ष विकास बनेपालीले जानकारी दिए ।
उनका अनुसार पौराणिक, ऐतिहासिक एवं धार्मिक महात्म्यमा उल्लेख भएअनुरुप दोस्रो पिण्डेश्वर रथोत्सव गरिएको हो । यस रथोत्सवले प्राचीन धार्मिक परम्परालाई पुनर्जीवित गर्ने लक्ष्य लिएको उनले बताए ।
चैत १३ गते बुढासुब्बा मन्दिरबाट सुरु हुने र चैत १९ गते धरान बजार परिक्रमा गर्दै रथोत्सवको विधिवत् समापन गरिने कार्यक्रम रहेको मूल पुजारी गोकुल पोखरेलले बताए । रथयात्रा अवधिभर दैनिक बिहान ९ बजेदेखि रुद्री पूजा तथा साँझ भव्य भजन–कीर्तन गरिने आयोजकले जनाएको छ ।

प्रकाशित मिति: चैत्र ५ २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend