धरानः श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) ले चुनावी खर्च हिसाब देखाएका छन् ।
चुनावमा होमिँदा आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गरेका हुन् । सुनसरी १ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित साम्पाङले आफ्नो चुनावी खर्च सार्वजनिक गरेका हुन् ।
साम्पाङले चुनावमा ८ लाख २ हजार ५२० खर्च भएको विवरण निर्वाचन आयोगमा पेश गरेका छन् । उनले यातायातमा २ लाख ८८ हजार, स्टीीकरमा २ लाख ४० हजार, स्टेज साउण्ड सिस्टममा एक लाख, अन्यमा ९६ हजार, पर्चा पम्पेल्टमा ६५ हजार ५२० र मनोनयन दर्तामा १० हजार खर्च भएको विवरण आयोगमा बुझाएका हुन् ।

प्रतिनिधिसभा सदस्यका लागि उनी माटो चुनाव चिहन लिएर जनतामाझ गएर निर्वाचित भइसकेका छन् । यसअघि स्वतन्त्र उम्मेदवारका रूपमा ‘लौरो’ चुनाव चिहन लिएर धरानको नगर प्रमुखमा निर्वाचित भएका उनको ध्यान प्रतिनिधिसभातिर डोहोरिएको हो । शुरुमा प्रधानमन्त्री बन्ने आकांक्षा पालेर चुनावमा होमिएका उनको पार्टीबाट तीनजना प्रत्यक्ष र ४ जना समानुपातिक सांसद बनिसकेका छन् ।
यसअघि सापाङको मुख्य चुनावी एजेन्डा खानेपानी थियो । उनले कोशीबाट पानी ल्याउने भनेर मेयर पदमा चुनाव जितेका थिए तर त्यो सम्भव भएन । ‘माथि पुगेर’ जसरी पनि कोशीकै पानी खुवाउँछु भनेर धराने जनतामाझ भोट मागेका थिए ।