Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा खाजा घरमा लागूऔषधको कारोबार, दुई युवा समातिए

हाम्रो कोशी आवाज
चैत्र ९ २०८२, सोमबार
धरानमा खाजा घरमा लागूऔषधको कारोबार, दुई युवा समातिए

धरानः धरान-१५ मा एक युवा लागूऔषधसहित पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय धरानका अनुसार धरान–१५ स्थित कन्चनलाइनमा रहेको शिखर खाजा घरमा लागूऔषध कारोबार भइरहेको छ भन्ने सूचनाको आधारमा अस्थायी प्रहरी चौकी श्यामचोकबाट खटिएको प्रहरी टोलीले दुईजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ३१ वर्षीय अजय खड्गी र ३१ वर्षीय विशाल राई रहेका छन् । खानतलासी गर्दा निजहरूको साथबाट लागू औषध ट्रामाडोल ६१० क्याप्सुल, स्पास्पेन २९० ट्याब्लेट र डिकोलिक ३२० ट्याब्लेट फेला परेको प्रहरीले जनाएको छ । उनीहरुलाई लागूऔषधसहित पक्राउ गरी इलाका प्रहरी कार्यालय धरानले थप अनुसन्धान गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: चैत्र ९ २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend