धरानः धरानमा कोठामा लागूऔषध भेटिएपछि एकजना युवा पक्राउ परेका छन् ।
धरान उपमहानगरपालिका वडा नं.– १५ निराजन बस्तीमा लागूऔषध कारोबार भइरहेको छ भन्ने प्राप्त सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय धरानबाट संयुक्तरुपमा खटिएको प्रहरी टोलीले धरान–१५ बस्ने २९ वर्षीय अनिल लिम्बूलाई लागूऔषधसहित पक्राउ गरेको हो ।
लिम्बूको कोठामा खानतलासी गर्दा निजको कोठाबाट लागूऔषध ट्रामाडोल–४ हजार १४६ क्याप्सुल, स्पास्पेन–४ हजार ट्याब्लेट र डिकोलिक–२ सय २८ ट्याब्लेट गरी जम्मा ८ हजार ३७४ ट्याब्लेट, क्याप्सुल फेला परेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।