Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा दिनहुँजसो घरमै भेटिन थाल्यो लागूऔषध, फेरि समातिए युवा

हाम्रो कोशी आवाज
चैत्र १२ २०८२, बिहिबार
धरानमा दिनहुँजसो घरमै भेटिन थाल्यो लागूऔषध, फेरि समातिए युवा

धरानः धरानमा प्रहरीले दिनहुँजसो लागूऔषध भेट्न थालेको छ ।
यसैबीच धरान उपमहानगरपालिका वडा नं. १६ पानी ट्याङ्कीमा लागूऔषध कारोबार भइरहेको छ भन्ने प्राप्त सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट जोर सखुवा धरानबाट खटिएको प्रहरी टोलीले घरको कोठाबाट लागूऔषध बरामद गरेको छ ।
लागूऔषधसहित धरान–१६ का ३० वर्षीय रितिक थामीको कोठामा खानतलासी तथा चेकजांच गर्दा उनको कोठाबाट ट्रामाडोल ६ सय १० क्याप्सुल र स्पास्पेन ६ सय १० ट्याब्लेट गरी जम्मा १२ सय २० ट्याब्लेट, क्याप्सुल फेला परेको थियो । उनीसँगै उनको कोठामा सँगै रहेको धरान–१६ कै ३० वर्षीय हेम भुजेललाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी भीषणबाबु राईले जानकारी दिए । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: चैत्र १२ २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend