धरानः धरान-१६ स्थित सियोन स्कुलको अभिभावक दिवस, एसकेजीका विद्यार्थीको लागि आयोजित दीक्षान्त समारोह तथा नतिजा प्रकाशन कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।
कार्यक्रममा एसकेजीका ४६ जना विद्यार्थी दीक्षित भएका छन् । सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रिन्सिपल तथा डाइरेक्टर खड्गबहादुर थापा मगर, सहायक प्रिन्सिपल राकेश चौधरीले विद्यार्थीलाई दीक्षित गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि प्रजिअ घिमिरेले सियोन स्कुलले गुणस्तरीय शिक्षासँग उत्कृष्ट नतिजा ल्याएको बताए । ‘यो स्कुलले गुणस्तरीय शिक्षा दिएका कारण अहिलेसम्म उत्कृष्ट नतिजा ल्याएको मैले पनि पाएँ’, उनले भने, ‘त्यसैले पनि अभिभावकहरु ढुक्क हुनुपर्ने अवस्था देखियो ।’ उनले सियोन स्कुलले विद्यार्थीको लागि हदैसम्मको प्रयास गरेको भन्दै प्रशंसा समेत गरे ।
कार्यक्रममा बोल्दै धरान उपमहानगरपालिकाका कार्यवाहक मेयर अइन्द्रविक्रम बेघाले सियोन स्कुलको नतिजा हेर्दा उत्कृष्ट पाएको बताए । नतिजासँगै नाच्न, गाउन, बोल्न साथै अन्य अतिरिक्त क्रियाकलापमा पनि विद्यार्थी अब्बल रहेको पाइएको बताए ।
धरान–१६ का वडाध्यक्ष मुरारीप्रसाद भट्टराईले सियोन स्कुलले प्रदान गर्ने गुणस्तरीय शिक्षाले विद्यार्थीको भविष्य बन्ने बताए । कार्यक्रममा बोल्दै स्कुलका प्रिन्सिपल तथा डाइरेक्टर थापा मगरले सियोन स्कुलले गुणस्तरीय शिक्षामा सक्दो जोड दिँदै आएको बताए । विद्यार्थी, अभिभावकको मिहिनेत, शिक्षकहरूको लगनशीलता र अथक प्रयासले स्कुलले सफलताको उचाइँ चुमेको बताए ।
कार्यक्रममा विद्यार्थीले गीत, नृत्य, कविता, नाटक साथै कराँते प्रदर्शन गरेर भरपुर मनोरञ्जन दिएका थिए । विद्यार्थीले कराँते प्रदर्शन समेत गरेका थिए । फाइनान्स अधिकृत एल्कन मगरका अनुसार कार्यक्रममा अधिकांश अभिभावकको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन नेपाली विभागका शिक्षक सुरज राईले गरेका थिए । कार्यक्रममा ‘स्टुडेन्ट अफ दि इयर २०८२’ द्वारा विद्यार्थीलाई सम्मान गरिएको थियो ।
सियोन स्कुल धरानकै गुणस्तरीय शिक्षा दिन प्रतिबद्ध रहेको उत्कृष्ट स्कुल हो । सियोन स्कुलबाट सहभागी विद्यार्थीले एसईईमा वर्षेनी उत्कृष्ट नतिजा ल्याउँदै आएको छ । विगत वर्षको मात्रै नतिजा हेर्ने हो ए प्लस र ए सहित १०० प्रतिशत नतिजा ल्याउँदै आएको सहायक प्रिन्सिपल राकेश चौधरी बताउँछन् । स्कुलमा डिग्री पास गरेका ३० जनाभन्दा बढी शिक्षकहरू रहेका छन् भने अन्य ब्याचलर्स पास गरेका छन् । ‘अनुभवी शिक्षककै कारण पनि सियोन स्कुलले गुणस्तरीय शिक्षा दिन्छ भन्ने प्रमाणित गर्दछ ।’ प्रिन्सिपल डाइरेक्टर खड्ग थापामगर भन्छन् । उनले अनुभवी शिक्षक, बलियो भौतिक पूर्वाधार, अब्बल अभिभावकको पूर्ण सपोर्टले विद्यालयले प्रगति गर्न सकेको समेत बताउँछन् । उनले मानसिक, शारीरिक साथै भावनात्मकरुपमा विकासका लागि विद्यार्थीलाई सन्तुलित र गुणस्तरीय शिक्षा प्रदान गर्न हदैसम्मको कोसिस जारी रहेको समेत बताए ।
उनले एकेडेमिक रेकर्ड नै अत्यन्तै महत्वपूर्ण भएकोले यसतर्फ नै स्कुलको जोड रहेको भनाइ राखे । उनले विद्यार्थीलाई थप अब्बल बनाउन अतिरिक्त क्रियाकलापमा जोड दिन प्रशिक्षक नियुक्त गरिने समेत बताए । विद्यालयले हरेक दिन शिक्षकहरूसँग विद्यालयमा विद्यार्थीहरूको अध्ययन–अध्यापनमा नयाँ शैली र अनुभवहरूको साटासाट हुनुका साथै प्रतिक्रियासमेत लिने गरेको प्रिन्सिपल थापा मगर बताउँछन् ।
विद्यार्थीलाई शैक्षिक, व्यवहारिक र असल चरित्र सिकाउँदै आएको सियोन स्कुलमा कक्षा नर्सरीदेखि कक्षा–१२ सम्म पठनपाठन हुँदै आएको छ । जसअन्तर्गत हाल प्लस टुतर्फ विज्ञान, व्यवस्थापन, कम्प्युटर विज्ञान, होटल म्यानेजमेण्टको पठनपाठन हुँदै आएको छ । विद्यार्थीहरूलाई औपचारिक शिक्षा वा किताबी ज्ञानमात्र नभएर समाजको कुशल नागरिक बनाउन संस्कारको पनि शिक्षा दिने गरेको प्रिन्सिपल तथा डाइरेक्टर थापा मगर बताउँछन् ।
विद्यार्थीहरूलाई यातायातको सुविधाका लागि विद्यालयको आफ्नै ५ वटा बस सञ्चालन, स्वच्छ खानेपानी, ट्रससहितको ग्राउण्ड, बास्केटबल कोर्ट, क्यान्टिन, होस्टल, साइन्स ल्याब, कम्प्युटर ल्याब, पुस्तकालय, अडियो भिजुवल कक्षा, सेमिनार हल, नृत्य कक्षा आदि विद्यालयले सुविधा दिँदै आएको छ । शिक्षा क्षेत्रमा अनुभव सङ्गालेका समूहद्वारा सञ्चालित स्कुल २०६२ सालमा स्थापना भएको हो ।
तस्वीरहरुः हाम्रो कोशी आवाज



































































































