Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा विद्यार्थीको प्रतिभा खोजिँदै, नृत्य, गायन र बोल्ने कला देखाएर एक लाख नगद पाउने, निःशुल्क कलेज पढ्न पाइने

हाम्रो कोशी आवाज
बैशाख ३ २०८३, बिहिबार
धरानमा विद्यार्थीको प्रतिभा खोजिँदै, नृत्य, गायन र बोल्ने कला देखाएर एक लाख नगद पाउने, निःशुल्क कलेज पढ्न पाइने

धरानः धरानमा ‘एसइई आइडल’ प्रतियोगिताको छैटौं संस्करणको थालनी भएको छ ।
संस्करणको अडिसन वैशाख ५ गतेदेखि हुने भएको छ । विद्यार्थीको प्रतिभा खोज्दै आएको आयोजकले ५ गते शनिबारदेखि अडिसन आयोजना हुने जनाएको छ । कोशी प्रदेशकै प्रतिष्ठित प्रतियोगिता मानिएको ‘एसइई आइडल’ धरानमा वर्षेनी हुँदै आएको छ । ‘शिक्षाका लागि सङ्गीत’ भन्ने मूल नाराका साथ २०७५ सालदेखि कोशी प्रदेशमै प्रतिष्ठित प्रतियोगिता आयोजना फक्ताङलुङ मिडिया हाउस प्रालिले आयोजना गर्दै आएको छ ।
कोशी प्रदेशभरीका बालबालिकामा लुकेर रहेको प्रतिभा बाहिर ल्याउन शनिबारदेखि अडिसन शुरु गरिने मिडिया हाउस प्रा.लि.का अध्यक्ष डम्बरकुमार तुम्बापोले जानकारी दिए । गायन, नृत्य, वाककला अर्थात् बोल्ने कलाको प्रतिभा देखाउने विद्यार्थीले प्रदेशमै यस वर्षदेखि आकर्षक नगद पुरस्कार पाउने पनि उनले जानकारी दिए । उनका अनुसार यसअघिका वर्षमा गायन र नृत्य विधाका बिजेतालाई नगद ५० हजार र वाककलाका बिजेतालाई ६० हजार रुपैयाँ प्रदान गर्दै आएकोमा यस वर्ष दोब्बर बनाएर गायन, नृत्य र वाककलाका बिजेता विद्यार्थीलाई नगद १ लाख प्रदान गरिनेछ । बिजेताले नगदसहित प्लस टु अध्ययनका लागि २ देखि ४ लाख बराबरको पूर्ण छात्रवृत्ति, वारिष्टा तालिममा ९० प्रतिशत छात्रवृत्ति, विविध गिफ्ट ह्याम्पर, र मुस्ताङ तथा सिक्किम भ्रमण गर्न पाउने भएका छन् ।

यस्तै, फस्ट रनरअपले नगद ३० हजार, सेकेन्ड रनरअपले नगद २० हजार नगदसहित छात्रवृत्ति र गिफ्ट हयाम्पर प्राप्त गर्नेछन् । त्यस्तै, शीर्ष १० फाइनलिस्टले पनि प्लस टुमा १०० प्रतिशत छात्रवृत्ति तथा वारिष्टा तालिममा ५० प्रतिशत छात्रवृत्ति पाउने कार्यक्रम संयोजक रामबहादुर लिम्बूले जानकारी दिए । यी पुरस्कार प्रत्येक प्रतियोगितामा भाग लिने विद्यार्थीका लागि लागू हुने उनले सुनाए । यसका साथै विभिन्न सब–टाइटलहरू पनि प्रदान गरिने कार्यक्रम संयोजक लिम्बू बताउँछन् ।
अनलाइन फारम निःशुल्क बाँडिएको र डिजिटल अडिसनमार्फत पनि सहभागीले भाग लिने पाउने व्यवस्था गरिएको आयोजकले जनाएको छ । फारम निःशुल्क र तालिमको कुनै शुल्क नलिइने आयोजकले जनाएको छ । ‘एकल गायन, नृत्य र वाककलामा योग्य एसईई दिएर फुसर्दिलो समयको सदुपयोग गर्न हामीले प्रतिभा खोजिरहेको हो, हामीले फारमदेखि तालिमलगायत सबै कुरा निःशुल्क गरेका छौं’ उनले भने । उनका अनुसार फिजिकल र डिजिटल दुवै विधिबाट अडिसन गरिनेछ ।
अध्यक्ष तुम्बापोका अनुसार प्रतियोगिको छनौट प्रक्रियाको लागि ४० प्रतिशत भोटिङ सिस्टम राखिएको छ भने ५० प्रतिशत जज, पब्लिक च्वाइस र अनुशासनलाई अनिवार्य गरिएको आयोजकले जनाएको छ । यस वर्ष कोशी प्रदेशका १४ जिल्लामै अडिसन राखिने आयोजकले जनाएको छ । अडिसनका लागि १६ सय भन्दा बढी विद्यार्थीले फारम भरिसकेको आयोजकले जनाएको छ ।

प्रकाशित मिति: बैशाख ३ २०८३, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend