Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सांसद् हर्क साम्पाङले कर्मचारीले जनप्रतिनिधिलाई पत्याएनन् भन्दै लेखे सरकारलाई पत्र

हाम्रो कोशी आवाज
बैशाख ४ २०८३, शुक्रबार
सांसद् हर्क साम्पाङले कर्मचारीले जनप्रतिनिधिलाई पत्याएनन् भन्दै लेखे सरकारलाई पत्र

धरानः सुनसरी क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले नेपाल सरकार र कानुन मन्त्रीलाई सम्बोधन गर्दै एक खुलापत्र लेखेका छन्।
उनले देशको विकास नहुनुको मुख्य जड प्रशासनिक अल्झन र कर्मचारी संयन्त्रको कार्यशैली रहेको औँल्याउँदै कानुनी प्रणालीमै ठूलो शल्यक्रियाको आवश्यकता रहेको बताएका हुन् ।
सांसद राईले कर्मचारी संयन्त्रले जनप्रतिनिधिलाई नपत्याउने, निर्देशनको अवज्ञा गर्ने र प्रक्रियाको नाममा कामलाई निकै ढिलासुस्ती गर्ने गरेको आरोप लगाएका छन्। प्रशासनिक र प्रक्रियागत जटिलतालाई क्यान्सरको संज्ञा दिँदै उनले यस्तो गुजुल्टिएको कानुनी गाँठोलाई फुकाउन ऐन संशोधनको विकल्प नरहेको जिकिर गरेका छन् ।
उनले पत्रमार्फत सरकारलाई दुई वटा मुख्य सुझाव दिएका छन्। पहिलो, अटेरी कर्मचारीलाई आज्ञाकारी बनाउन अहिलेको स्थायी नियुक्तिको व्यवस्थालाई पूर्ण रूपमा खारेज गरी करार व्यवस्था लागू गरिनुपर्ने। दोस्रो, प्रक्रियामै वर्षौँ बित्ने झन्झटिला कानुनहरू खारेज गरेर विकासमैत्री, सरल र सहज कानुन निर्माण गरिनुपर्ने माग गरेका छन् ।
साम्पाङले आफ्नो पत्रमा यस्ता परिवर्तनका लागि आवश्यक पर्ने सुझाव, सहयोग र सहकार्यका लागि आफू र आफ्नो पार्टी सदैव तयार रहेको समेत उल्लेख गरेका छन्।

प्रकाशित मिति: बैशाख ४ २०८३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend