Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सांसद् हर्क साम्पाङले दिए भ्रष्ट कर्मचारी बर्खास्त गर्नुपर्नेलगायतका सुझाव

हाम्रो कोशी आवाज
बैशाख ८ २०८३, मंगलबार
सांसद् हर्क साम्पाङले दिए भ्रष्ट कर्मचारी बर्खास्त गर्नुपर्नेलगायतका सुझाव

धरानः श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारलाई ३३ बुँदे सुझाव दिएका छन्। आज काठमाडौंमा पत्रकार सम्मेलन गरेर साम्पाङले सुझाव सार्वजनिक गरेका हुन् ।
उनले सरकारलाई विदेशी हस्तक्षेपबाट मुक्त रहनुपर्ने, एमसीसी र एसपीपी जस्ता सैन्य रणनीतिक सम्झौता गर्न नहुने, छिमेकी देशहरूसँग नियमित छलफल र निरीक्षण गर्ने, नेपाली सेनालाई सीमा रक्षामा परिचालन गर्ने मौलिक शैली, आधुनिक प्रविधि र प्राकृतिक स्रोतको परिचालन गरी आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नेलगायतको सुझाव दिएका छन् ।
नुन, तेल, पेट्रोलियम जस्ता आधारभूत वस्तुको मूल्य सामान्य राख्ने, हप्ताको ३ दिन किताबी ज्ञान र ४ दिन श्रम, सीप तथा उत्पादनमूलक व्यावहारिक शिक्षा दिने नीति बनाउनुपर्ने, कृषिलाई शिक्षा र उद्योगको आधार मान्ने, सिँचाइ, मल र बिउ किसानको पहुँचमा पुर्‍याउनुपर्ने, एक परिवार, एक रोजगार’को नीति लागू गर्नुपर्नेलगायतको सुझाव दिएका छन्।
स्रोत नखुलेको सम्पत्ति राष्ट्रियकरण गर्ने, काम नगर्ने र भ्रष्ट कर्मचारीलाई बर्खास्त गर्ने कानुन बनाउने, युवा पुस्ताको भावना अनुसारका नीति बनाउन आयोग गठन गर्नुपर्ने माग राखेका छन्।

प्रकाशित मिति: बैशाख ८ २०८३, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend