धरानः धरानमा एक युवाको कोठामा लागूऔषध ब्राउन सुगर भेटिएपछि पक्राउ परेका छन् ।
धरान–८ गैरीटोलमा लागूऔषध कारोबार हुँदैछ भन्ने प्राप्त सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट बरगाछीबाट खटिएको प्रहरी टोलीले स्थानीय २५ वर्षीय तुफान विकलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी भीषणबाबु राईले जानकारी दिए ।
घर कोठा चेकजाँच गर्दा उनको कोठाबाट लागूऔषध ब्राउन सुगर ३.९३ ग्राम फेला परेको र उनलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।