Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा पटके कर आतंक, भोटे ताल्चा लगाउने चेतावनी

हाम्रो कोशी आवाज
बैशाख १३ २०८३, आइतबार
धरानमा पटके कर आतंक, भोटे ताल्चा लगाउने चेतावनी

धरानः धरानमा पटके सवारी कर असुलीमा ठेकदारको मनपरी गर्ने गरेको गुनासो बढ्दो छ । उनीहरुले सवारी साधनहरुबाट मनपरी कर असुली गरिरहेको सवारी सञ्चालकहरुको गुनासो छ। सवारी साधनसँग मनपरी रुपमा १००, २०० लिने गरेको गरेको सानु पूर्वछानेले गुनासो गरे । यसरी रकम असुल्नेलाई कारवाही नभए यातायात चालकले भोटे ताल्चा लगाउन आइपुग्ने उनले बताएका छन् ।
राजमार्ग तथा सहायक राजमार्गहरुमा गैरकानुनीरुपमा गाडी रोकेर जर्बजस्ती कर असुली गरिरहेको हो ।
ऐनविपरीत भइरहेको पटके सवारी कर बन्द गराउन पहल गरिदिन पनि उनले आग्रह गरेका छन् । प्रायः सबै नगरपालिका, गाउँपालिकाहरुले राजमार्ग र सहायक राजमार्गहरुमा ठेक्का लगाएर सबै सवारीसाधनहरुसँग पटकै पिच्छे रकम असुली गरिरहेको उनले बताए ।
कानुन पालना गराउनुपर्ने स्थानीय सरकार आफैले राजमार्गहरुमा ढाट वा गुम्ती राखेर जर्बजस्ती गाडी रोकेर कर असुली गरिरहेकोमा उनको आपत्ति छ । उनले सवारीसाधनले दैनिक, मासिक एवं बार्षिक लाखौं रुपैया सवारीसाधनले तिर्नुपर्ने बाध्यता रहेको पनि बताए । कानुनमा एक पालिकामा सवारी दर्ता तथा बार्षिक सवारी कर लिएपछि अर्को पालिकाले त्यस्तो सवारी दर्ता तथा बार्षिक सवारी कर लिन नपाउने व्यवस्था गरेको छ ।
पटके करकोरुपमा गैरकानुनी कर असुलीले गर्दा व्यवसाय नै धरासायी भएर आर्थिक व्ययभार परिरहेको उनको गुनासो छ । कोशी प्रदेशका ठाउँठाउँमा ढाट राखेर पटके कर असुल्ने क्रम अझै रोकिएको छैन । जबरजस्ती लिइने पटके करका कारण यातायात व्यवसायी हैरानीमा परेका छन् । सरकारकै निर्देशनविपरीत स्थानीय तहले कोशीका १४ वटै जिल्लामा पटके कर असुलिरहेका छन् । विशेष गरेर राजमार्गमा पटके कर लिने गरिएको छ ।
गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पटके कर रोक्न लिखित निर्देशन दिएको थियो। तर, स्थानीय सरकारसामु प्रशासनको केही लागेन । प्रशासनले जथाभावी कर नअसुल्न भने पनि स्थानीय तहले अटेर गरिरहेका छन् । स्थानीय तहहरुले निजी, सार्वजनिक, ढुवानी तथा विदेशी पर्यटक चढ्ने यातायातका साधनलाई जबरजस्ती रोकेर कर उठाइरहेका छन् ।

प्रकाशित मिति: बैशाख १३ २०८३, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend