Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको युएन, नवोदय कलेजले करोडको लगानीमा प्रयोगशाला निर्माण

हाम्रो कोशी आवाज
जेष्ठ ५ २०८३, मंगलबार
धरानको युएन, नवोदय कलेजले करोडको लगानीमा प्रयोगशाला निर्माण

कोटा सिष्टममा अनुशासित विद्यार्थी मात्रै लिने, यस्ता विद्यार्थीलाई निःशुल्क भर्ना

धरानः धरान-१६ स्थित युएन, नवोदय कलेजले शैक्षिक सत्र २०८३ मा कोटा सिष्टममा अनुशासित विद्यार्थी मात्रै लिने भएको छ ।
पत्रकार सम्मेलन गरेर कलेजले नयाँ भर्ना तथा विशेष छात्रवृत्ति घोषणा कार्यक्रममा ठीक्क विद्यार्थी लिँदै गुणस्तरीय शिक्षालाई बढवा दिने र सीमित कोटा निर्धारण गरिएको क्याम्पस प्रमुख डम्बरकुमार तुम्बापोले जानकारी दिए ।
कक्षा–११ को होटल म्यानेजमेन्टतर्फ १ सय ४०, विज्ञान सङ्कायमा ७०, कम्प्युटर साइन्समा ३० र म्यानेजमेन्ट सङ्कायमा ३५ कोटा निर्धारण गरिएको उनले जानकारी दिए । कलेजले पहिला आउने विद्यार्थीलाई प्राथमिकता राख्ने जनाएको छ ।
कलेजले विद्यार्थीका लागि छात्रवृत्तिको घोषणा समेत गरेको छ । माध्यमिक शिक्षा परीक्षा (एस.ई.ई.) मा ३.६१ देखि ४.० जी.पी.ए. ल्याउने विद्यार्थीलाई कक्षा ११ मा शत प्रतिशत छात्रवृत्ति दिने जनाएको छ भने विद्यालय टपर र प्रवेश परीक्षा (इन्ट्रान्स) मा उत्कृष्ट हुने विद्यार्थीलाई पूर्ण रूपमा निःशुल्क भर्ना गरिने जनाएको छ ।
‘व्यवहारिक, आत्मनिर्भर र रोजगारमुखी शिक्षा, युएन, नवोदयको प्रतिबद्धता’ भन्ने मूल नाराका साथ सञ्चालित धरानस्थित युएन नवोदय प्लस टु ले यसका अतिरिक्त, खेलकुदका विभिन्न विधामा स्थानीयदेखि राष्ट्रिय स्तरसम्म विजयी खेलाडी, एसईई आइडललगायतका प्रतियोगिताका बिजेता, र आर्थिक रूपमा विपन्न तथा जेहेन्दार विद्यार्थीका लागि समेत विशेष छात्रवृत्तिको व्यवस्था गरिएको कलेजका अध्यक्ष ज्ञानेश्वर झाले जानकारी दिए । उनले नाफा मात्र नभई दिगो सेवालाई प्राथमिकता दिएको बताए ।
अत्याधुनिक भौतिक पूर्वाधारमा जोड दिँदै कलेजले यसवर्ष एक करोड रुपैयाँको लगानीमा अत्याधुनिक होटल म्यानेजमेन्ट, विज्ञान र कम्प्युटर ल्याबहरू थप गरेको छ । सुविधायुक्त कक्षाकोठा, समृद्ध पुस्तकालय, ई–लाइब्रेरी र स्वास्थ्य डेस्कको व्यवस्था गरिएको कलेज प्रशासनले जनाएको छ ।
अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने कलेजमा व्यवहारिक शिक्षालाई जोड दिँदै सैद्धान्तिक ज्ञानका साथै प्रोजेक्ट वर्क, इन्टर्नसीप, सीप विकासका तालिम तथा नेतृत्व विकासका विविध कार्यक्रम सञ्चालन गरिने क्याम्पस प्रमुख तुम्बापो बताउँछन् ।
देश–विदेशका स्टार होटलहरूमा इन्टर्नसीप र जब प्लेसमेन्टको अवसर, होटल म्यानेजमेन्ट विद्यार्थीका लागि निःशुल्क ल्यापटप, ‘पढ्दै कमाउँदै’ कार्यक्रम, व्यावसायिक केक हाउस र बारिस्ता स्कुलको सुविधा जस्ता विशेषताले आफूलाई धरानको एक मात्र कलेजका रूपमा स्थापित गरेको कलेजले जनाएको छ । कलेजले आफ्ना उत्कृष्ट विद्यार्थीहरूलाई नगद पुरस्कारसहित सम्मान गर्ने कार्यक्रम पनि राखेको छ ।
विशेषगरी होटल म्यानेजमेन्ट अध्ययन गर्ने विद्यार्थीहरूका लागि युएन, नवोदयले नेपालमै फरक खालको सिकाइ वातावरण सिर्जना गर्दै आएको जनाएको छ । कक्षा ११ मा भर्ना हुने विद्यार्थीलाई निःशुल्क बारिष्टा तालिम दिइनुका साथै प्लस टु पछि सोही कलेजमा बिएचएम अध्ययन गर्ने विद्यार्थीलाई ५५ हजार रुपैयाँभन्दा बढी मूल्यको ब्रान्डेड ल्यापटप निःशुल्क उपलब्ध गराइने जनाइएको छ । क
क्याम्पस प्रमुख तुम्बापोका अनुसार कलेजले बिएचएमका विद्यार्थीलाई युरोपको फ्रान्सदेखि दुबई, कतार र हङकङ जस्ता देशका स्टार होटलहरूमा सशुल्क इन्टर्नसीपका लागि पठाउने गरेको छ, जहाँबाट विद्यार्थीले आफ्नो पूरै ४ वर्षको पढाइ खर्च एकै वर्षमा कमाउन सफल भइरहेका छन् । पछिल्लो समय प्रविधिको महत्व बढ्दै गएकाले कलेजले डिजिटल साक्षरता र आर्टिफिसियल इन्टेलिजेन्स सम्बन्धी विशेष कक्षाहरू समेत सञ्चालन गर्ने भएको छ ।
धरान बाहिरका इटहरी, बक्लौरी र गछिया जस्ता क्षेत्रबाट आउने विद्यार्थीका लागि कलेज बस र टाढाबाट आउनेका लागि सुविधासम्पन्न छात्रावासको व्यवस्था रहेको कलेज प्रशासनले जनाएको छ ।

प्रकाशित मिति: जेष्ठ ५ २०८३, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend