Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

हर्क साम्पाङलाई कारवाही गर्ने चेतावनी

हाम्रो कोशी आवाज
जेष्ठ ६ २०८३, बुधबार
हर्क साम्पाङलाई कारवाही गर्ने चेतावनी

धरानः सभामुख डोलप्रसाद (डीपी) अर्यालले श्रम सँस्कृति पार्टीका सांसदहरुलाई कारवाहीको चेतावनी दिएका छन् ।
प्रतिनिधिसभाको आजको वैठक सुरु हुना श्रम सँस्कृति पार्टीका अध्यक्ष समेत रहेका सांसद हर्क साम्पाङलगायत उठेर विरोध जनाएका थिए । वैठक सुरु हुनासाथ श्रम सँस्कृति पार्टीका सांसदले उठेर विरोध जनाउँदै अगाडि बढ्न नदिएपछि सभामुख अर्यालले कारवाहीको चेतावनी दिएका हुन् ।
सभामुख अर्यालले प्रतिनिधिसभा वैठकमा श्रम सँस्कृति पार्टीका सांसदहरुले लगातार पर्चा देखाएर सभाको मर्यादाविपरित अभद्र व्यवहार गरेको भन्दै प्रतिनिधिसभा नियमावली २०७९ को खण्ड झ अनुसार सभाको मर्यादा राख्न आग्रह गरेका छन् । श्रम सँस्कृति पार्टीका सांसदलाई सभामुख अर्यालले आफ्ना क्रियाकलाप सुधार्न समेत चेतावनी दिएका छन् । यसपछि सांसद हर्क साम्पाङ फेरि उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुख अर्यालले उनलाई दुई मिनेटको समय बोल्नका लागि दिएका थिए ।
सभामुख अर्यालले दिएको दुई मिनेटको समयमा सांसद राईले आफूहरुले जनताका प्रश्न बारम्बार सरकारका मन्त्रीहरुलाई सोध्न चाहेको बताएका छन् । उनले आफूहरूले सुकुमबासी व्यवस्थापनसँग सम्बन्धित प्रश्न गर्न चाहेको बताए ।
उनले थपे, ‘सम्बन्धित मन्त्रीहरू सदनमा आउँदै नआउने, नीति तथा कार्यक्रम प्रस्तुत गर्दा पनि नआउने, छलफलमा पनि नआउने, हाम्रो नियमावलीको १५ को २, नियमावली १५ को उपनियम २ लागू भएको देखिँदैन । यो संसद्प्रति सरकार जवाफदेही हुनैपर्छ, जनताप्रति सरकार जवाफदेही हुनैपर्छ, बन्नैपर् छ। यहाँले कडा तरिकाले रुलिङ गर्नुपर्छ। कर्तव्यदेखि भाग्ने उहाँहरूको चलन छ, यसप्रति हाम्रो घोर आपत्ति छ ।’

प्रकाशित मिति: जेष्ठ ६ २०८३, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend