धरानः धरानमा एक पानी उद्योगसहित अन्यलाई उत्पादन तथा बिक्री वितरणमा समेत रोक लगाइएको छ ।
धरान उपमहानगरपालिकाले दर्ताबिना नै सञ्चालन तथा गुणस्तर परीक्षणमा फेल भएका चार उद्योगको उत्पादन तथा बिक्री वितरणमा रोक लगाएको हो ।
बिहीबार खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगर, डिभिजन कार्यालय इनरुवा र धरान उपमहानगरपालिकाको संयुक्त अनुगमन टोलीले नीतिविपरीत सञ्चालन भइरहेको पाएपछि सो रोक लगाएको हो ।
एमएस खाद्य उद्योग, धरान एक्वा पानी उद्योग, सिताज मार्ट, धरान डेरी फुड प्रोडक्ट्स प्रालिलाई उत्पादन तथा बिक्री वितरणमा पनि रोक लगाइएको हो ।