Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा एसईई आइडल भव्य, धरानकी सिमरन गुरुङ, मोरङका बबी श्रेष्ठ र पथरीका एलोन राईलाई उपाधि, जिते एक लाख, विद्यार्थीलाई बाँडियो ५ लाख

हाम्रो कोशी आवाज
जेष्ठ ९ २०८३, शनिबार
धरानमा एसईई आइडल भव्य, धरानकी सिमरन गुरुङ, मोरङका बबी श्रेष्ठ र पथरीका एलोन राईलाई उपाधि, जिते एक लाख, विद्यार्थीलाई बाँडियो ५ लाख

धरानः धरानमा सम्पन्न कोशी प्रदेशस्तरीय एसईई आइडलको उपाधि नवोदय विद्या मन्दिर धरानकी सिमरन गुरुङ, पब्लिक सेन्ट्रल इङलिस स्कुल लेटाङ मोरङका बबी श्रेष्ठ र श्री सिंहबाहिनी सेकेण्डरी स्कुल पथरी मोरङका एलोन राईले जितेका छन् ।
सिमरनले वक्तृत्वकला विधातर्फबाट, बबीले गायन विधातर्फबाट र एलोनले नृत्यकला विधातर्फबाट उपाधि जित्दै बिजेता बनेका हुन् । बिजेता बनेका उनीहरूले उपाधिसँगै क्रमशः नगद १ लाख, कक्षा–११ र १२ को अध्ययनका लागि क्रमशः शत प्रतिशत छात्रवृत्ति (पूर्ण छात्रवृत्ति) अर्थात् निःशुल्क पढ्ने अवसर, निःशुल्क मुस्ताङ भ्रमण, निःशुल्क बारिष्टा तालिमको अवसर प्रदान गरिने आयोजक संस्था अर्थात् फक्ताङलुङ मिडिया हाउस प्रालिका अध्यक्ष एवम् प्रतियोगिताका परिकल्पनाकार डम्बरकुमार तुम्बापोले जानकारी दिए ।
उपाधि बिजेताहरूलाई गायिका रचना रिमाल, गायक विकास तुम्बापो, प्रालिका अध्यक्ष डम्बरकुमार तुम्बापो, इभेन्ट म्यानेजर रामबहादुर लिम्बूलगायतले पुरस्कार वितरण गरेका थिए । धरान–१५ स्थित याक्थुङ चुम्लुङको भवनमा शुक्रबार भव्यरुपमा सम्पन्न फाइनल प्रतिस्पर्धामा उनीहरुले प्रतिभा देखाउँदै बिजेता बनेका हुन् । फक्ताङलुङ मिडिया हाउस प्रालिको आयोजनामा सम्पन्न ‘एसईई आइडल’को छैटौं संस्करणमा तीन विधामा उत्कृष्ट प्रतिभाहरूले प्रतिस्पर्धा गरेका थिए ।
गायनतर्फ नै फस्ट रनरअप स्वस्थानी श्रेष्ठ शिशु निकेतन इ. बोर्डिङ स्कुल झापा, सेकेण्ड रनरअप तक्तुहाङ लिम्बू सिदार्थ शिशु सदन धरान, थर्ड रनरअप ह्याप्पीसन लिम्बू, पब्लिक मावि धरान–१३ घोषित भए । गायनर्फ नै पब्लिक च्वाइस अवार्ड बबी श्रेष्ठले जितिन भने मोस्ट डिसिप्लीन रिन्छेन तामाङ नोबेल एकेडेमी धरान, वेष्ट मोडर्न सङ सिङ्गर बन्दना तामाङ ल्याबोरेटरी मावि धरान, वेष्ट पप सङ सिङ्गर आकाश कुलुङ होलिल्याण्ड इन्टरनेशनल स्कुल धरान, वेष्ट फल्क सङ सिङ्गर अजित राई श्री सिंहबाहिनी स्कुल पथरी, वेष्ट फेमिली सङ सिङ्गर जेनिशा खड्का राधिका मावि उर्लाबारी, वेष्ट मेमालोडी भ्वाइस सिङ्गर समीर मल्लिक श्री पब्लिक हाइस्कुल धरान घोषित भए ।
यस्तै, नृत्यतर्फ पर्वत सेकेण्डरी स्कुल धरानकी महिमा लिम्बू फस्ट रनरअप, पञ्चायत सेकेण्डरी स्कुल पथरी मोरङकी सुजाता घिसिङ सेकेण्ड रनरअप, पब्लिक हाइस्कुल धरानकी स्मारिका चेम्जोङ लिम्बू थर्ड रनरअप घोषित भइन् ।
नृत्यतर्फ पब्लिक च्वाइस अवार्ड रुचि लिम्बू युनाइटेड नेशनल स्कुल धरान, मोष्ट डिसिप्लिन गौरव राई, हिमशिखर स्कुल तरहरा, वेष्ट हस्पिटालिटी फाइनलिष्ट रुचि लिम्बू युएन स्कुल धरान, वेष्ट फेमिली डान्सर मनिता योन्जन लामा, श्री महेन्द्ररत्न मावि झापा, वेष्ट कल्चरल डान्सर जेशिका लिम्बू श्री शिक्षा सदन स्कुल धरान, वेष्ट एक्सप्रेसन फाइलिष्ट सोनिया राई लोटस विद्या विहार धरान, वेष्ट मोडल डान्सर शिक्षा थापा क्षत्री होलिल्याण्ड इङ्लिस स्कुल झापालाई प्रदान गरियो ।
वक्तृत्वकला (बोल्ने) तर्फ खुशी विष्ट फस्ट रनरअप मोडर्न प्रिपेटरी सेकेण्डरी स्कुल इटहरी, सेकेण्ड रनरअप अनुषा महरा ल्याबोरेटरी मावि धरान, थर्ड रनरअप हिमा घिमिरे एभरेष्ट चिन्डे«न होम सेकेण्डरी स्कुल धरान घोषित भए ।
यस्तै, वक्तृत्वकलातर्फ नै पब्लिक च्वाइस अवार्ड प्रज्ञान कोइराला श्री सरस्वती सेकेण्डरी स्कुल झापा, वेष्ट थेमाटी स्पीकर प्रज्ञान कोइराला श्री सरस्वती सेकेण्डरी स्कुल झापा, वेष्ट अर्गुमेन्टेटिभ्स स्पीकर सन्तानु चौधरी धरान मेघा हिमालयन कलेज धरान, मोष्ट कम्फिडेन्स शुभम शाह डिपोट स्कुल धरान, द मोष्ट स्टाइलिस स्पीकर इशा खड्का सिदार्थ मेमोरियल स्कुल बराहक्षेत्र सुनसरी, नेचुरल स्पीकर हिमा घिमिरे एभरेष्ट चिल्ड्रेन होम सेकेण्डरी स्कुल, मोस्ट मोस्ट डिसिप्लिन स्पीकर अंकिता थापा, हिमालयन इ.बो. स्कुल चतरा सुनसरी घोषित भए ।
फस्ट रनरअपको उपाधि जित्ने विद्यार्थीले तीनै विधातर्फ नगद ३० हजार, कक्षा–११ पूर्ण छात्रवृत्ति, सेकेण्ड रनरअपले २० हजार नगद, कक्षा–११ पूर्ण छात्रवृत्ति, थर्डले १० हजार, कक्षा–११ पूर्ण छात्रवृत्ति, पब्लिक च्वाइसले ७ हजार नगद कक्षा–११ पूर्ण छात्रवृत्ति एका छन् भने सहभागी सबैलाई कक्षा–११ मा पूर्ण छात्रवृत्ति पाउनले कार्यक्रम व्यवस्थापक राम लिम्बूले जानकारी दिए । प्रतियोगिताको निर्णायकहरूमा गायनतर्फ गायक विकास तुम्बापो लिम्बू, संगीतकार विनायक राई, नृत्यतर्फ राष्ट्रिय कोरियोग्राफर प्रितम सम्वाहाम्फे लिम्बू, कोरियोग्राफर तथा नृत्य प्रशिक्षक रेश्मा राई, वक्तृत्वकलातर्फ डा. सुभाषचन्द्र न्यौपाने, प्राध्यापक दिव्या झा रहेका थिए ।
उपाधि बिजेतालाई केहीदिनपछि नगद हातैमा प्रदान गरिने इभेन्ट म्यानेजर राम लिम्बूले जानकारी दिए ।
२०७५ सालदेखि शुरु भएको सो प्रतियोगिताको प्रमुख अतिथि कोशी प्रदेश सरकारका सामाजिक विकास मन्त्री रामप्रसाद महतोले उदघाटन गरेका थिए । कार्यक्रममा चर्चित गायिका रचना रिमालले आफ्ना गीत पस्किएर भरपुर मनोरञ्जन दिनुका साथै दर्शकलाई खुब नचाएकी थिइन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि महतोले कोशी प्रदेशलाई नै समेट्नेगरी भएको यस्तो कार्यक्रम विद्यार्थीका लागि फलदायी रहेको बताए । उनले लागूऔषधमा अहिलेका किशोरकिशोरी फँसिरहेको बताउँदै प्रतिभा निखार्ने यस्ता कार्यक्रमले ठूलो सहयोगी भूमिका खेल्ने बताए ।
प्रमुख अतिथि कोशी प्रदेशका सामाजिक विकासमन्त्री रामप्रसाद महतो, चर्चित गायिका रचना रिमाल, धरान उपमहानगरपालिकाका कार्यवाहक मेयर अइन्द्रविक्रम बेघा, युएन कलेजका प्रबन्ध निर्देशक ज्ञानेश्वर झापा, ब्लाष्ट टाइम्सका प्रधान सम्पादक राजकुमार कार्की, धरान–२० का वडाध्यक्ष पदम लिम्बू, नेपाल पत्रकार महासंघका अध्यक्ष सन्तोष काफ्ले, एनएमबी बैंकका बिएम सन्दीप पोखरेल, लोन अफिसर पुनम श्रेष्ठ, इडेन एकेडेमीका प्रमुख मोहन तिगेला, चौधरी ग्रुपका कोशी प्रदेशका मार्केटिङ अफिसर रविन्द्र मास्के, सिल्भर इन्टरटेन्टमेन्टका सौरव श्रेष्ठ, माइपे भोटिङका कोशी प्रदेश इन्चार्ज सन्यम शाह, युएन केक एण्ड वारिष्ठाका संयोजक गगनमान श्रेष्ठ, कार्यक्रममा एसईई आइडलको कार्यक्रम निर्देशक सञ्जु माबो, बजार व्यवस्थापक जगत नेम्वाङ, ३० जना स्कुलका प्रिन्सिपललगायतको उपस्थिति थियो ।
कार्यक्रमको सञ्चालन अफिसियल होस्ट मेरिना तुम्सा लिम्बूले गरेकी थिइन् । कार्यक्रममा स्वागत मन्तव्य कार्यक्रमको व्यवस्थापक राम लिम्बूले गरेका थिए । कार्यक्रममा विद्यार्थी, अभिभावकको समेत भव्य उपस्थिति थियो ।
बालबालिकाहरुमा लुकेर रहेको प्रतिभालाई बाहिर ल्याउन यस्तो कार्यक्रम गरिएको अध्यक्ष तथा परिकल्पनाकार तुम्बापो बताउँछन् । ‘हरेक बालबालिकामा कुनै न कुनै आन्तरिक क्षमता, प्रतिभा वा विशेषता हुन्छ । त्यो क्षमता वा प्रतिभा प्रदर्शनका लागि उनीहरूले उचित अवसर पाउनुपर्छ भनेर कार्यक्रम आयोजना गरिएको हो’, उनले भने ।
२०७५ सालमा पहिलोपटक ‘एसइई स्टेट १ आइडल’ नामक प्रतियोगिता शुरु भएको थियो ।

.

प्रकाशित मिति: जेष्ठ ९ २०८३, शनिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend