Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको भानुचोकबाट दुईजना समातिए, कटुवा पेस्तोलसहित पनि समातिए

हाम्रो कोशी आवाज
जेष्ठ १२ २०८३, मंगलबार
धरानको भानुचोकबाट दुईजना समातिए, कटुवा पेस्तोलसहित पनि समातिए

धरानः धरान उपमहानगरपालिका–२ भानुचोकबाट सोही स्थानका निश्चल लिम्बू र शुक्रराज तामाङको साथबाट प्रतिबन्धित औषधि ट्रामाडोल १२८ क्याप्सुल र स्पास १२८ ट्याब्लेटसहित पक्राउ परेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको छ
सामाजिक सञ्जाल टिकटकमा हातहतियार बोकेको भिडियो पोस्ट भएको घटनापछि प्रहरीले अनुसन्धान गर्दै दुई किशोरलाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार भिडियोमा देखिएका व्यक्तिको पहिचान गरी सुनसरीको देवानगंज गाउँपालिका–२ बस्ने १७ वर्ष र १५ वर्षका दुई जनालाई नियन्त्रणमा लिइएको हो।
प्रहरीले पक्राउ परेका दुवै जनाको पहिचान सार्वजनिक गरेको छैन।
प्रहरीले उनीहरूको साथबाट फलामबाट बनाइएको घरेलु हतियार ‘कटुवा पेस्तोल’ जस्तो देखिने वस्तु समेत बरामद गरेको जनाएको छ।

प्रकाशित मिति: जेष्ठ १२ २०८३, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend