Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको मेयरमा पूर्व वडाध्यक्ष धनबहादुरलाई उठाउने हर्क साम्पाङको घोषणा

हाम्रो कोशी आवाज
जेष्ठ १४ २०८३, बिहिबार
धरानको मेयरमा  पूर्व वडाध्यक्ष धनबहादुरलाई उठाउने हर्क साम्पाङको घोषणा

धरानः श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आगामी स्थानीय चुनावभन्दा एक वर्षअघि नै धरान उपमहानगरपालिकाको मेयर उम्मेदवार घोषणा गरेका छन् ।
उनले सामाजिक सञ्जालमार्फत धनबहादुर राईलाई उम्मेदवार बनाउने बताएका हुन् । धरान उपमेयरको मेयरमा यसअघि स्वतन्त्र उठेर जितेका साम्पाङले आफ्नो लिगेसीलाई निरन्तरता दिन चाहेका छन् ।
उनले लेखेका छन्, ‘मैले धेरै सोचेँ, जनमत बुझेँ अनि मेरो पदचापलाई पछ्याउने धन ब. राई नै देखेँ !’
धनबहादुर एमाले छोडेर श्रम संस्कृति पार्टीमा आएका हुन् । धरानको ४ नम्बर वडामा एमालेबाट वडाध्यक्ष जितेका उनी साम्पाङसँग नजिकिएका थिए । उनी मेयर साम्पाङले चलाएको श्रमदानमा सहभागी भएपछि पदबाट बर्खास्त गर्न नेकपा (एमाले) धरानले सिफारिस गरेको थियो । उनी यसअघि कांग्रेस, माओवादी, एमाले हुँदै श्रम संस्कृति पार्टीमा आएका हुन् । उनलाई तरमाराको आरोप समेत लाग्दै आएको छ । पदको लागि पार्टी फेरिरहनेमा उनी पनि पर्छन् भनेर उनका निकस्टहरुले नै भन्ने गरेका छन् ।
साम्पाङले मेयरका अर्का आकांक्षी निना चन्द्रलाई प्रदेशको मन्त्री बनाइदिने आश्वासन दिएका छन् ।
‘आजदेखि मेयरको उम्मेदवार विषय टुंगियो,’ उनले लेखेका छन् ।
उनले सुरुदेखि नै स्वतन्त्रबाट मेयर बनेका साम्पाङ लाई सघाउँदै आएका थिए । धरान कार्यपालिकामा उनी साम्पाङलाई साथ दिने एक्ला वडाध्यक्ष मानिन्थे ।
साम्पाङले श्रम संस्कृति पार्टी गठन गरेपछि उनी गत फागुन १६ गते उक्त पार्टीमा प्रवेश गरेका थिए । पार्टीले मेयरको उम्मेदवार घोषणा गरेपछि राईले पार्टी अध्यक्ष हर्क साम्पाङलाई धन्यवाद दिएका छन् । उनले भने, ‘स्थानीय तह र प्रदेशको चुनाव नजिकिएको बेला हाम्रो पार्टीका अध्यक्ष माननीय हर्कराज साम्पाङ ज्यूले मेयरको उम्मेदवारमा चयन गर्नुभयो । उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु ।’
श्रम संस्कृति पार्टीबाट धरानको मेयरका लागि धनबहादुरसहित दिनेश राई, निनाचन्द्र राई आकाङ्क्षी थिए । तर, पार्टीले राईको नाममा सहमति जुटाएको हो । यस्तै, श्रम संस्कृति पार्टीले भर्खरै पार्टी प्रवेश गरेका पूर्वमन्त्री सुदन किरातीलाई कोशी प्रदेशको प्रस्तावित मुख्यमन्त्रीका रूपमा अगाडि सार्ने तयारी गरिसकेको छ ।

प्रकाशित मिति: जेष्ठ १४ २०८३, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend