Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

बालेन सरकारको बजेटः धरानलाई हेपियोः डा. शर्मा

हाम्रो कोशी आवाज
जेष्ठ १५ २०८३, शुक्रबार
बालेन सरकारको बजेटः धरानलाई हेपियोः डा. शर्मा

धरानः धरानका डा. राजेन्द्र शर्माले बालेन सरकारले ल्याएको बजेटले धरानलाई हेपिएको भन्दै टिप्पणी गरेका छन् ।
उनले धरानमा उपेक्षामा परेको महसुस भएको बताउँदै भने, ‘१ घण्टा ४५ मिनेटको बजेट सुनेर बस्दा न्याय संगत भएजस्तो लागेन’, न खानेपानी, न बीपी अस्पताल, न धरान अस्पताल ।’
उनले टिचिङ अस्पताल, पाटन अस्पताल र वीर अस्पतालको नाम आएपनि बीपी प्रतिष्ठानको नाम नआएको बताउँदै चतरा र बराहक्षेत्र बरु समेटियो, धरानका मठ मन्दिर ओझेलमा परेको गुनासो गरे ।
धरान लेउती सुरुङ मार्गको नाम नलिनु दुःखद् भएको उनको भनाइ छ ।
‘यो उपेक्षा जानी बुझीकनै गरिएको हो कि अञ्जानमा भयो होला ? कतै हाम्रा माननीय हर्क साम्पाङको गतिविधिले सरकारले रिस त साँधेको होइन ?’ उनको प्रश्न छ, ‘७. धरानलाई किन यस्तो हेपिएको होला ?’

प्रकाशित मिति: जेष्ठ १५ २०८३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend