धरानः धरानमा पैदल हिँडिरहेका एक युवा ब्राउन सुगरसहित पक्राउ परेका छन् ।
धरान उपमहानगरपालिका वडा नं. १३ आदर्श नगरमा अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरी टोलीले पैदलयात्री धरान–१३ कै २८ वर्षीय आदित्य विश्वकर्मालाई पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय धरानका अनुसार विश्वकर्मामाथि चेकजाँच गर्दा निजको साथबाट लागूऔषध ब्राउन सुगर १.१९ ग्राम फेला परेको थियो ।
यस्तै, इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले सुनसरी जिल्ला अदालतको मिति २०८१।०८।१२ गतेको फैसलाले लगत नम्बर– ४७५० भएको लागूऔषध मुद्दामा ७ सय ६० दिन कैद सजाय र २१ हजार जरिवाना भुक्तान गर्न बाँकी रहेका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
धरान उपमहानगरपालिका वडा नं. ११ बस्ने ४० वर्षीय उमेश भट्टराईलाई धरान–१७ रेल्वेबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी भीषणबाबु राईले जानकारी दिए ।