धरानः धरानमा लागूऔषध ल्याउँदै गरेका एक युवा जंगलमै पक्राउ परेका छन् ।
बराहक्षेत्रबाट धरान आउँदै गरेको बिआर ३८ एफ २६४६ नम्बरको मोटरसाइकलसहित भारतको अररिया बेलाहा बस्ने २० वर्षीय दयानन्द यादवलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
बराहक्षेत्र नगरपालिका वडा नं. ५ अमाहा सिमसार को जंगलबाट उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । कालाबन्जार धरान सडक खण्डमा कालाबन्जारबाट धरानतर्फ आउँदै गरेको सो मोटरसाइकलमा चेकजाँच गर्दा निजको साथबाट लागूऔषध फेला पारेको थियो ।
प्रहरी चौकी भरौलबाट खटिएको प्रहरी टोलीले यादवको साथबाट ट्रामाडोल १६ सय ९० क्याप्सुल र नेपाली रुपैयाँ नगद .२७ हजार ५ सय फेला परेको प्रहरीले जनाएको छ । सो लागूऔषध, मोटरसाईकल र नगदसहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा ल्याई थप अनुसन्धान गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।