Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा ब्राउन सुगरसहित दुईजना युवा समातिए, इनरुवामा पैदल हिँडिरहेका अमित पनि पक्राउ

हाम्रो कोशी आवाज
जेष्ठ २१ २०८३, बिहिबार
धरानमा ब्राउन सुगरसहित दुईजना युवा समातिए, इनरुवामा पैदल हिँडिरहेका अमित पनि पक्राउ

धरानः धरानबाट ब्राउन सुगर र लागूऔषधसहित पक्राउ पर्ने क्रम जारी छ ।
धरान उपमहानगरपालिका वडा नं. १७ घोपाचौकमा इलाका प्रहरी कार्यालय धरान र अस्थाई प्रहरी चौकी रेल्वे धरानबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले धरान–८ बस्ने २५ वर्षीय प्रवेश राई र ३० वर्षीय मनोज तामाङलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
चेकजाँच गर्दा निजहरू मध्ये मनोज तामाङको साथबाट लागूऔषध ब्राउन सुगर १.४६ ग्राम फेला परेको थियो । लागूऔषधसहित नियन्त्रणमा लिइएका उनीहरुमाथि इलाका प्रहरी कार्यालय धरानमा ल्याई थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी भीषणबाबु राईले जानकारी दिए ।
यस्तै, इनरुवामा पैदल हिँडिरहेका धरान उपमहानगरपालिका वडा नं. १७ बस्ने वर्ष ३५ को अमित राईलाई चेकजाँच गर्दा निजको साथबाट ब्राउनसुगर ५.८६ ग्राम फेला परेपछि उनी पनि पक्राउ परेका छन् ।
सुनसरीको इनरूवा नगरपालिका वडा नं. ४ बसचौकमा अस्थायी प्रहरी पोष्ट इनरुवा बसपार्क र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट संयुक्तरुपमा खटिएको प्रहरी टोलीले पूर्व–पश्चिम लोकमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेका उनलाई लागूऔषधसहित पक्राउ गरी जिल्ला प्रहरी कार्यालय सुनसरी ल्याई थप अनुसन्धान गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: जेष्ठ २१ २०८३, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend