Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीमा लागूऔषधसहित समातिएका युवासँग नक्कली नोट भेटियो

हाम्रो कोशी आवाज
जेष्ठ २१ २०८३, बिहिबार
सुनसरीमा लागूऔषधसहित समातिएका युवासँग नक्कली नोट भेटियो

धरानः
सुनसरीको इटहरीमा ब्राउन सुगर, नगद र नक्कली (जाली नोट) नोट सहित पक्राउ गरेको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको संयुक्त प्रहरी टोलीले इटहरी उपमहानगरपालिका–१८ पटेर्वा क्षेत्रबाट स्थानीय २३ वर्षीय रोहित चौधरीलाई नियन्त्रणमा लिएको जनाएको छ ।
लागूऔषध ब्राउन सुगरको कारोबार भइरहेको सूचनाका आधारमा प्रहरीले चेकजाँचका क्रममा चौधरीले बोकेको ब्यागभित्र लुकाएर राखिएको अवस्थामा ७ दशमलव ७९ ग्राम ब्राउन सुगर बरामद गरेको जनाएको छ । उनको साथबाट ४७ हजार ५०० रुपैयाँ नगद र दुई हजार रुपैयाँ बराबरका जाली नोटसमेत फेला परेको प्रहरीले जनाएको छ ।
बरामद जाली नोटमध्ये एक हजार रुपैयाँ दरको एक थान र पाँच सय रुपैयाँ दरका दुई थान नोट रहेका छन् । लागूऔषध, नगद र जाली नोटसहित पक्राउ परेका चौधरीलाई इलाका प्रहरी कार्यालय पकलीमा राखी लागूऔषध तथा जाली नोट सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: जेष्ठ २१ २०८३, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend