Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

ट्राफिक नियम मिच्ने सांसद हर्क साम्पाङलाई ५ सयदेखि २ हजारसम्म जरिवाना !

हाम्रो कोशी आवाज
जेष्ठ २३ २०८३, शनिबार
ट्राफिक नियम मिच्ने सांसद हर्क साम्पाङलाई ५ सयदेखि २ हजारसम्म जरिवाना !

धरानः ट्राफिक नियम मिच्ने सांसद हर्कराज राई साम्पाङलाई ट्राफिक प्रहरी कार्यालयले कारवाही गर्ने जनाएको छ ।
नेपाल प्रहरीले राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय कोशीका प्रमुख प्रहरी उपरीक्षक दीपक गिरीले ट्राफिक नियम पालना नगरेका श्रम संस्कृति पार्टीका अध्यक्ष समेत रहेका साम्पाङलाई कारबहीको दायरामा ल्याउने बताए ।
गिरीले अध्यक्ष साम्पाङले ‘भिडियो हेर्दा उहाँले ट्राफिक नियम उलङ्घन गरेको प्रस्ट देखिएकोले सर्वसाधारणलाई जस्तै कानुन लाग्ने बताए । उनले कारबाही भनेको जरिवाना भएको बताउँदै सांसद साम्पाङलाई ५ सयदेखि २ हजारसम्म जरिवाना गरिने बताए ।
उनले कारवाहीका लागि साम्पाङको लाइसेन्स र सवारी साधनको ब्लूबुक आवश्यक रहेको बताए ।
केहीदिनअघि श्रम संस्कृति पार्टीका अध्यक्ष साम्पाङ मोटरसाइकल दुर्घटनामा परेर घाइते बनेका थिए । उनको हात र खुट्टामा सामान्य चोट समेत लागेको उनले भिडियोमै खुलाएका छन् । साम्पाङले आफैंले भिडियो बनाएर फेसबुकमा पोष्ट गर्दै दुर्घटनाको बारेमा जानकारी गराएका थिए।
उनले आफ्नै पेजमा पोस्ट गरेको भिडियोमा उनी एक हातले मोटरसाइकल चलाउँदै गरेका देखिन्छन् भने अर्को हातले मोबाइलमा भिडियो खिचेको देखिन्छ । उनले हेल्मेटको डोरी समेत बाँधेका छैनन् ।
दुर्घटनाका विषयमा साम्पाङले सामान्य भएको बताउँदै आएका छन् ।सञ्चारकर्मीसँग कुरा गर्दै साम्पाङले म आफै नियम बनाउने मान्छे भएको बताउँदै भने, ‘एक हातले त बाइक कुदाई हालिन्छ नि ।’

प्रकाशित मिति: जेष्ठ २३ २०८३, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend