Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा घर कोठामा लागूऔषध भेटेपछि समातिए

हाम्रो कोशी आवाज
जेष्ठ २६ २०८३, मंगलबार
धरानमा घर कोठामा लागूऔषध भेटेपछि समातिए

धरानः धरानमा घरको कोठामा प्रहरीले लागूऔषध भेटेपछि एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धरान–१७ का ३१ को अनिल भन्ने करण खड्का रहेका छन् ।
धरान उपमहानगरपालिका वडा नं.–१७ घोपा डाँडामा लागूऔषध कारोबार भइरहेको भन्ने प्राप्त सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र अस्थायी प्रहरी चौकी जोरसखुवा धरानबाट संयुक्तरूपमा खटिएको प्रहरी टोलीले खड्काको घरकोठा खानतलासी तथा चेकजाँच गर्दा कोठाबाट लागूऔषध फेला पारेको थियो ।
ट्रामाडोल–६ सय ५० क्याप्सुल, कोलिबन–९४० ट्याब्लेट गरी जम्मा–१५९० पिस ट्याब्लेट, क्याप्सुल फेला पारेको र उनलाई लागूऔषध सहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धरानमा ल्याई थप अनुसन्धान भइरहेको डिएसपी भीषणबाबु राईले जानकारी दिए ।

प्रकाशित मिति: जेष्ठ २६ २०८३, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend