धरानः प्रहरीले धरान–१७ स्थित पटनाली जंगल क्षेत्रमा ४३० केजी गाँजा फेला पारेको छ ।
इलाका प्रहरी कार्यालय चतराबाट प्रहरी नायब निरीक्षक (प्रनानी) किरण मोक्तानको कमाण्डमा खटिएको प्रहरी टोलीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ ।
बेवारिसे अवस्थामा फेला परेको १५ बोरा गाँजा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । बरामद गाँजाको तौल ४३० केजी रहेको बताइएको छ । साथै, को२४प ६७४ नम्बरको एक थान पल्सर मोटरसाइकल पनि जफत गरिएको छ ।

प्रहरी टोली पुगेको थाहा पाएपछि मोटरसाइकल चालक फरार भएको र उनको खोजी कार्य जारी रहेको जनाइएको छ । बरामद गाँजा र मोटरसाइकललाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय, महेन्द्रनगर, चक्रघट्टी लगिएको छ ।