धरानः लागूऔषधसहित ४ जना पक्राउ परेका छन् । धरान उपमहानगरपालिका–१५ का २८ वर्षीय सुजन लिम्बूलाई ५ ग्राम २१ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ परेका छन् ।
मोरङको विराटनगर महानगरपालिका–१६ स्थितमा लागूऔषध नियन्त्रण ब्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो ।
यसैगरी इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले इटहरी–१६ का २७ वर्षीय दिपेश चौधरी, २८ वर्षीय सरोज चौधरी र बराहक्षेत्र नगरपालिका–९ का २४ वर्षीय दीपेन्द्र मोचेलाई ३ ग्राम २२० मिलिग्राम ब्राउन सुगरसहित बराहक्षेत्र–१ बाट पक्राउ गरेको छ ।
सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नं. ०१ दूधपानी खोलामा लागुऔषध कारोवार भइरहेको छ भन्ने प्राप्त सूचनाको आधारमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीलाई देख्नासाथ मदन भण्डारी लोकमार्गस्थित झण्डा चौकबाट चतरातर्फ जाँदै गरेको प्रदेश १–०२–०४४ प ७२२९ नम्बरको मोटसाइकल दूधपानी खोलाको सडकमा रोकेर नुहाउने स्थानतर्फ ३ जना मानिसहरु जिल्ला सुनसरी इटहरी उप–महानरपालिका वडा नं. १६ बस्ने वर्ष २७ को दीपेश चौधरी, वर्ष २८ को सरोज चौधरी र बराहक्षेत्र नगरपालिका वडा नं. ९ राजावास बस्ने वर्ष २४ को दीपेन्द्र मोची भागेका थिए ।
निजहरुमध्ये दीपेश चौधरीले गोजीबाट केही चिजवस्तु निकालेर खोलाको ढुङ्गाको साइटमा फ्याँकेकोले निजहरुलाई नियन्त्रणमा लिई दिपेश चौधरीले खोलाको ढुङ्गाको साईटमा फ्याकेको प्लाष्टिकको बट्टा फेलापारी खोलेर हेर्दा सो बट्टाभित्र ४५ वटा सेतो प्लाष्टिकमा पोका पारेको अवस्थामा ब्राउन सुगर जस्तो देखिने पदार्थ ३.२२ ग्राम फेला परेको प्रहरीले जनाएको छ । तीनैजनालाई उक्त लागूऔषध र मोटरसाइकलसहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा ल्याई थप अनुसन्धान कार्य भइरहेको छ ।