Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान मेघा कलेजमा जसले बिजेता बनेपछि पाइन् छात्रवृत्ति

हाम्रो कोशी आवाज
जेष्ठ २८ २०८३, बिहिबार
धरान मेघा कलेजमा जसले बिजेता बनेपछि पाइन् छात्रवृत्ति

धरानः धरान–१२ स्थित मेघा हिमालयन कलेजले विभिन्न सौन्दर्य प्रतिभा प्रतियोगिताका बिजेताहरूलाई सम्मान गर्दै छात्रवृत्ति प्रदान गरेको छ ।
बिहीबार कलेजको सभाहलमा आयोजित कार्यक्रममा मिस एसईई २०८३ की बिजेता स्टेला श्रेष्ठ, सेकेन्ड रनरअप स्वस्ती अधिकारी र पब्लिक च्वाइस अवार्ड बिजेता सुप्रभा पाण्डेलाई सम्मान गरिएको थियो । त्यस्तै, मिस प्रोभिन्स आइडल–२०८३ का बिजेता स्वर्णिम थापा मगर र फस्ट रनरअप मुस्कान राईलाई पनि सम्मान गरिएको कलेजले जनाएको छ ।
कलेजका शैक्षिक निर्देशक अर्जुन घिमिरे, उपप्राध्यापक राजेश विद्रोही तथा होटल म्यानेजमेन्ट कोअर्डिनेटर स्मारिका दाहालले बिजेताहरूलाई अबिर र खादा लगाएर सम्मान गरेका थिए ।
शैक्षिक निर्देशक घिमिरेका अनुसार मिस एसईई बिजेता स्टेला श्रेष्ठ र मिस प्रोभिन्स आइडल बिजेता स्वर्णिम थापा मगरलाई प्लस टु अध्ययनका लागि ८० प्रतिशत छात्रवृत्ति प्रदान गरिएको छ । अन्य तीनजनालाई ५० प्रतिशत छात्रवृत्ति उपलब्ध गराइएको उनले जानकारी दिइन् ।
प्रतिभावान विद्यार्थीलाई अध्ययनमा प्रोत्साहन गर्ने उद्देश्यले सम्मानसँगै छात्रवृत्ति प्रदान गरिएको कलेजले जनाएको छ ।

प्रकाशित मिति: जेष्ठ २८ २०८३, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend