धरानः धरानमा लागूऔषधसहित एकजना पक्राउ परेका छन् ।
धरान उपमहानगरपालिका वडा नं. १७ त्रिवेणी चोकमा लागूऔषध बिक्री वितरण भइरहेको छ भन्ने प्राप्त सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय धरानबाट संयुक्तरूपमा खटिएको प्रहरी टोलीले धरान–१७ बस्ने ३५ वर्षीय प्रकाश राईको घर खानतलासी तथा चेकजाँच गर्दा घर पछाडि रहेको शौचालयभित्र प्लाष्टिकको पोकाभित्र लुकाइछिपाई राखेको अवस्थामा लागूऔषध गाँजा ६४ के.जी. फेला परेको प्रहरीले जनाएको छ ।
सो लागूऔषध बरामद गरी इलाका प्रहरी कार्यालय धरानमा ल्याई थप अनुसन्धान गर्ने कार्य भइरहेको साथै निज प्रकाश राई तत्काल फरार भएकोले खोजतलास गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।
धरान उपमहानगरपालिका वडा नं. ८ गणेशलक्ष्मी मार्ग भित्री सडक खण्डमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय धरानबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले वडा नं.– ७ बस्ने वर्ष ३३ को बिक्रम उदासलाई चेकजाँच गर्दा निजको साथबाट लागूऔषध ब्राउनसुगर २.२१ ग्राम फेला परेको प्रहरीले जनाएको छ ।