Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सहज कानुन ल्याऊ, बजेट कार्यान्वयन गरः हर्क साम्पाङ

हाम्रो कोशी आवाज
असार २ २०८३, मंगलबार
सहज कानुन ल्याऊ, बजेट कार्यान्वयन गरः हर्क साम्पाङ

धरानः
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले बजेट कार्यान्वयनका लागि कानून नै बाधक रहेको टिप्पणी गरेका छन् ।
मंगलवार प्रतिनिधि सभामा विनियोजन विधेयक अन्तर्गतको विभिन्न मन्त्रालयको शीर्षकहरुमाथिको छलफलमा भाग लिँदै उनले बजेट कार्यान्वयन हुने गरी कानूनी व्यवस्था गर्न पनि सरकारलाई सुझाव दिएका छन् ।
अध्यक्ष राईले सरकारले विनियोजन गरेको बजेटमा हिसावनै नमिलेको त्रुटी पनि आफूले पाएको बताए । उनले बजेट विगतमा जस्तो कार्यान्वयन नहुने अवस्थाको सरकारले अन्त्य गर्नुपर्ने पनि बताए ।
अध्यक्ष राईले भने, ,‘हामीले बजेट बनाउँछौँ । तर त्यसको कार्यान्वयनका लागि यति धेर समय लाग्छ ठेक्कापटा, वनको कानून, यताउताले गर्दा खेरी । मैले कानूनमन्त्रीलाई पनि भेटेर सल्लाह दिएको थिए–यो सरकारले बजेट कार्यान्वयनका लागि सहज बनाउनु पर्दछ । त्यसका लागि आवश्यक कानूनी चिरफार गर्नुपर्दछ । अन्यथा हामीले बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ । अनि असारमा बाटो बनाई हिँड्नुपर्दछ ।’ अध्यक्ष राईले बजेट बनाउने तर खर्च गर्न नसक्ने अवस्थाको अन्त्य हुनुपर्नेमा पनि जोड दिए ।

प्रकाशित मिति: असार २ २०८३, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend