Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानका छात्राले काठमाडौंमा देखाए कला

हाम्रो कोशी आवाज
असार २ २०८३, मंगलबार
धरानका छात्राले काठमाडौंमा देखाए कला

धरानः धरानका छात्राले काठमाडौंमा खेलकला देखाएका छन् ।
काठमाडौंमा जारी १० औँ राष्ट्रिय महिला बास्केटबल च्याम्पियनसीप–२०८३ अन्तर्गत मंगलबार सम्पन्न दोस्रो खेलमा सुनसरी जिल्ला टोलीले सानदार जीत हासिल गरेको छ ।
सुनसरी बास्केटबल संघका अध्यक्ष नारायण सुवेदीका अनुसार सुनसरी टोलीले उत्कृष्ट प्रदर्शन गर्दै प्रतियोगितामा विजयी सुरुआतलाई निरन्तरता दिएको हो ।
प्रतियोगितामा सुनसरीको प्रतिनिधित्व गर्दै सहभागी १२ खेलाडीमध्ये ७ जना खेलाडी धरान मेघा हिमालयन कलेजका विद्यार्थी रहेका छन् । यसले राष्ट्रियस्तरको प्रतियोगितामा धरान मेघा हिमालयन कलेजको खेलकुद क्षेत्रमा रहेको बलियो उपस्थिति र योगदानलाई थप उजागर गरेको कलेजका शैक्षिक निर्देशक अर्जुन घिमिरेले जानकारी दिए ।
सुनसरी टोलीमा मेघा हिमालयन कलेजका खेलाडीहरूको उल्लेखनीय सहभागिताले टोलीलाई थप सशक्त बनाएको उनको भनाइ छ । उनले प्रतियोगिताको आगामी चरणमा पनि उत्कृष्ट प्रदर्शन गर्दै फाइनलसम्म पुग्ने र उल्लेखनीय नतिजा हासिल गर्ने विश्वास व्यक्त गरे ।
शैक्षिक उपलब्धिसँगै खेलकुद क्षेत्रमा समेत विद्यार्थीलाई प्रोत्साहन गर्दै आएको धरान मेघा हिमालयन कलेजले राष्ट्रिय स्तरका प्रतियोगितामा निरन्तर प्रतिभाशाली खेलाडी उत्पादन गर्दै आएको छ । सुनसरी टोलीको सफल यात्रामा कलेजका विद्यार्थीहरूको प्रभावशाली भूमिका देखिनुले कलेजको खेलकुद प्रशिक्षण र व्यवस्थापनको गुणस्तरलाई समेत पुष्टि गरेको छ ।
राष्ट्रिय प्रतियोगितामा सुनसरीको जर्सीमा चम्किरहेका मेघा हिमालयन कलेजका खेलाडीहरूले अबको खेलमा पनि उत्कृष्ट प्रदर्शन गर्दै जिल्लाको गौरव बढाउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति: असार २ २०८३, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend