Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा धमाधम ब्राउन सुगरसहित समातिँदै युवा

हाम्रो कोशी आवाज
असार ४ २०८३, बिहिबार
धरानमा धमाधम ब्राउन सुगरसहित समातिँदै युवा

धरानः धरानका युवा लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका छन् ।
को३०प४५०९ नम्बरको मोटरसाइकल जाँच गर्दा चालक धरान उपमहानगरपालिका–१६ निवासी ३० वर्षीय एलिनजंघ राणा र पछाडि सवार धरान–११ निवासी ३१ वर्षीय सन्देश लिम्बू पक्राउ परेका हुन् ।
सन्देश लिम्बूले मलद्वारभित्र लुकाएर राखेको अवस्थामा १२.६५ ग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थ बरामद भएको प्रहरीले जनाएको छ ।
सुनसरीको कोशी गाउँपालिका–१ स्थित भन्सार गेट क्षेत्रमा प्रहरीले ब्राउनसुगरसहित चार जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूबाट करिब २० ग्राम लागूऔषध बरामद भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरी, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको पीआईटी तथा इलाका प्रहरी कार्यालय लौकहीबाट संयुक्तरूपमा खटिएको प्रहरी टोलीले बुधबार चेकजाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार दिउँसो ४ः२० बजे प्रदेश १–०२–०४७ प २०३४ नम्बरको स्कुटर जाँच गर्ने क्रममा चालक इटहरी उपमहानगरपालिका–४ निवासी ४३ वर्षीय बिशे चौधरी र पछाडि सवार सोही स्थानका ४३ वर्षीय भुपनारायण चौधरीलाई पक्राउ गरिएको थियो । जाँचका क्रममा बिशे चौधरीले मलद्धारभित्र लुकाएर राखेको ७.५२ ग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।
यसैबीच धरानका युवासहित अन्य लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका छन् ।

धरान उपमहानगरपालिका वडा नं. ५ बस्ने २८ वर्षीय सञ्जीप विकको साथबाट ९.८२ ग्राम ब्राउन सुगरसहित पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरी र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले कोशी गाउँपालिका वडा नं.– १ स्थित भन्सार गेटबाट उनी पक्राउ परेका हुन् ।
मोटरसाइकललाई चेकजाँच गर्दा लागूऔषध ब्राउनसुगर फेला परेको प्रहरीले जनाएको छ । यस्तै, इटहरी उपमहानगरपालिका वडा नं. ५ बस्ने वर्ष ३० को राजेश चौधरीले चलाउँदै ल्याएको को२५प ९३२५ नम्बरको मोटरसाइकलको हेण्डिलको प्वाँलभित्र लुकाइछिपाई राखिएको अवस्थामा ३.३६ ग्राम ब्राउन सुगर भेटिएको छ । पछाडि सवार इटहरी–७ बस्ने वर्ष ३० को वीरेन्द्रकुमार चौधरी पनि पक्राउ परेको प्रहरीले जनाएको छ ।
मोरङको उर्लाबारी नगरपालिका वडा नं. १ बस्ने वर्ष १९ को विकाश राई र सोही स्थानका १९ वर्षीय निशान सरदारमध्ये विकाश राईको साथबाट ०.४७ ग्राम ब्राउन सुगर भेटिएको छ । मोरङको कटहरी गाउँपालिका वडा नं. ५ बस्ने वर्ष १९ को निरज रामको साथबाट १.०७ ग्राम ब्राउन सुगर भेटिएको प्रहरीले जनाएको छ । सुनसरीको बर्जु गाउँपालिकावडा नं. ५ बस्ने वर्ष ३३ को जितेन यादवको साथबाट ०.६८ ग्राम ब्राउन सुगर भेटिएपछि सबैलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: असार ४ २०८३, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend