धरान (५ असार २०८३) : धरानमा झ्याप्प झ्याप्त बिजुली गइरहने समस्या लामो हो । लामो समयदेखि धरानबासी यही समस्याले पिरोलिइरहेका छन् । केही समयदेखि बिहान बेलुका बिजुली झ्याप्प झ्याप्प जाने समस्या देखिँदै आएको छ । धरानमा ठूलो पानी परयो र सानो हावाहुरी चल्यो भने विद्युत अवरुद्ध हुने गरेको छ ।
धरानमा बिजुली कहिले जाने, कहिले आउने टुङ्गो नहुँदा उपभोक्ता मारमा परेका छन् । धरानमा विद्युत अनियमित बनेको निकै लामो समय भएको छ । झ्याप्प झ्याप्प बिजुली जाने समस्याले यहाँका उपभोक्ता हैरान बनेका छन् । कहिले सडक निर्माण, कहिले चट्याङले हिर्काएको त कहिले बिजुलीको तारको समस्याले भन्दै बिजुली काटिने गरेको स्थानीयले बताएका छन् । बिजुली जाने समस्यामा विद्यार्थी, अन्य पेसा र व्यवसायमा लागेकाहरू मर्कामा पर्दै गएका छन् ।
वर्षौदेखि हाम्रो कोशी आवाजले यस विषयमा समाचार समेत प्रकाशित गर्दै आएको छ । तर दीर्घकालीन समस्या भने कहिल्यै सुल्झेको छैन । पटक–पटक हुने विद्युत अवरोधका कारण आजित बनेका धरानका स्थानीयवासीले समस्या समाधान गर्न नेपाल विद्युत प्राधिकरण धरान वितरण केन्द्रलाई पुनः ध्यानाकर्षण गराएका छन् । लामो समयदेखि विद्युत आपूर्तिमा सुधार नआएको भन्दै उनीहरूले अब पनि माग सम्बोधन नभए फूलमाला लिएर कडा विरोधका साथ आउने चेतावनी दिएका छन् ।
धरान वितरण केन्द्रलाई पुनः ध्यानाकर्षण गराउँदै धरानबासीले लामो समयदेखि विद्युत आपूर्तिमा सुधार नआएको भन्दै उनीहरूले अब पनि माग सम्बोधन नभए फूलमाला लिएर कडा विरोधका साथ आउने चेतावनी दिएका छन् । धरान ११ र १७ का विभिन्न टोल विकास समितिका प्रतिनिधिहरूले बिहीबार धरान १६ स्थित नेपाल विद्युत प्राधिकरणको वितरण केन्द्रमा भेला भई कार्यालय प्रमुख इन्जिनियर कृष्णहरि पोखरेलसँग भेटेका छन् । १३ वटा टोल विकास समितिको छाता संगठनका रूपमा गठन गरिएको संयुक्त समितिले यसअघि पनि विद्युत समस्याबारे डेलिगेसन दिएको थियो । स्थानीयका अनुसार यो दोस्रो पटकको ध्यानाकर्षण हो ।

साकेला टोल विकास समितिकी अध्यक्ष मातृका राईले अत्याधिक गर्मीको समयमा लामो समयसम्म विद्युत अवरुद्ध हुँदा सर्वसाधारणले निकै सास्ती खेप्नुपरेको बताइन् । ‘यो दोस्रोपटकको ध्यानाकर्षण हो’, उनले भनिन्, ‘अब पनि हाम्रो आवाजलाई बेवास्ता गरियो भने फूलमालासहित अझ कडा रूपमा आउनेछौं भनेर आएका छौं ।’ उनले भनिन् । संयुक्त टोल विकास समितिका अध्यक्ष उमेश राईले एक वर्षअघि नै समस्या समाधान हुने आश्वासन दिइए पनि अवस्था यथावत रहेको बताए । ६ पहिला पनि डेलिगेसन लिएर आएका थियौं । त्यतिबेला एक–डेढ महिनाभित्र समस्या समाधान हुन्छ भनिएको थियो । तर एक वर्ष बितिसक्दा पनि समस्या उस्तै छ । दिनमै पटक–पटक लाइन जाने कारणबारे स्पष्ट जवाफ पाइँदैन । त्यसैले धराने जनताको गुनासो लिएर हामी फेरि यहाँ आएका हौं,’ उनले भने ।
प्राधिकरण धरान वितरण केन्द्रका कार्यालय प्रमुख इन्जिनियर कृष्णहरि पोखरेलले पुराना लाइन र ट्रान्सफर्मरको क्षमता कमजोर हुँदा समस्या बढ्दै गएको बताए । उनका अनुसार विद्युतको माग बढ्दै जाँदा पुराना संरचनाले भार थेग्न नसक्दा बारम्बार फल्ट आउने गरेको छ । समस्या समाधानका लागि नयाँ लाइन निर्माण, ट्रान्सफर्मर स्तरोन्नति, नियमित मर्मत सम्भार तथा रुखका हाँगा काट्ने काम आवश्यक रहेको उनले बताए । उनले दीर्घकालीन समस्या समाधानका लागि पहल गरिने पनि बताए ।
धरानमा विद्युत अनियमित बनेको निकै लामो समय भएको छ । झ्याप्प झ्याप्प बिजुली जाने समस्याले यहाँका उपभोक्ता हैरान बनेका छन् । पटकपटक बत्ती र इन्टरनेट जाँदा पढाइमा बाधा पुगेको गुनासो विद्यार्थीले गरेका छन् । कहिले सडक निर्माण, कहिले खानेपानीको पाइप विच्छ््याउने त कहिले बिजुलीको तारको समस्याले भन्दै बिजुली काटिने गरेको स्थानीयले बताएका छन् ।
घरीघरी विद्युत गइरहने समस्याले कम्प्युटर पनि बिग्रिँदै गएको व्यवसायी बताउँछन् । ‘झ्याप्प बिजुली गइरहँदा कम्प्युटरलगायत अन्य इलेक्ट्रोनिक्स सामग्री बिग्रिने समस्या भइरहन्छ’, एक व्यवसायी नाम नछाप्ने शर्तमा भन्छन्, ‘यस्तो समस्या कहिलेसम्म हो ?’ किन जान्छ सर झ्याप्प झ्याप्प बिजुली ? धरानस्थित विद्युत प्राधिकरण शाखाका कार्यालय प्रमुख इन्जिनियर कृष्णहरि पोखरेल भन्छन्– चट्याङ, हावाहुरी, सडक विस्तार, मर्मत आदिका कारणले पनि विद्युत् अनियमित बनेको हो ।’