Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा लागूऔषधसहित समातिए फुर्मा गुरुङ

हाम्रो कोशी आवाज
असार ११ २०८३, बिहिबार
धरानमा लागूऔषधसहित समातिए फुर्मा गुरुङ

धरानः
धरान–९ मा ठूलो परिमाणमा लागूऔषधसहित एकजना पक्राउ परेका छन् ।
धरान उपमहानगरपालिका वडा नं.–९ बगैंगाचोकमा लागूऔषध कारोबार भइरहेको छ भन्ने प्राप्त सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र वडा प्रहरी कार्यालय धरान सुनसरीबाट संयुक्तरुपमा खटिएको प्रहरी टोलीले धरान–९ बस्ने वर्ष २५ की फुर्मा गुरुङ लागूऔषधसहित पक्राउ परेका हुन् ।
उनको कोठा खानतलासी तथा चेकजाँच गर्दा उनको कोठाबाट ट्रामोल–९०४ क्याप्सुल र कोलिवान–१२६६ क्याप्सुल गरी जम्मा २१७० क्याप्सुल फेला परेको प्रहरीले जनाएको छ । उनीमाथि इलाका प्रहरी कार्यालय धरानमा ल्याई थप अनुसन्धान गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: असार ११ २०८३, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend