धरानः धरानस्थित युएन, नवादय कलेजमा कक्षा–१२ पास भएका विद्यार्थी र अभिभावकलाई एकसाथ सम्मान गरिएको छ ।
राष्ट्रिय परीक्षा बोर्डद्वारा लिइएको कक्षा–१२ को परीक्षामा पास भएपछि कलेज परिसरमा सम्मानको कार्यक्रम आयोजना गरिएको हो । कक्षा–१२ को नतिजाअनुसार कलेजले उत्कृष्ट नतिजा ल्याएको छ । कलेजका अध्यक्ष ज्ञानेश्वर झाका अनुसार कलेजबाट सहभागी विद्यार्थीमध्ये ३.८२ जीपीएसहित पनि विद्यार्थी उत्तीर्ण भएका छन् । यस वर्षमात्रै ४९ जनाले ए प्लस र ए ल्याएका छन् भने अन्यले बि प्लस र बि ग्रेड ल्याएका छन् । यस वर्ष ३.६१– ४.०० जीपीसहित ३ जना, ३.२१–३.६०. ४८ जना, २.८१–३.२०.–१०२ जना, २.४१–२.८०–४१ जना उत्तीर्ण भएका छन् ।
उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई बिहीबार कलेजले सम्मान गरेको हो । कलेजका अध्यक्ष झा, होटल म्यानेजमेण्ट कोअर्डिनेटर गगनमान श्रेष्ठ, पब्लिक रिलेशन अफिसर रामबहादुर लिम्बू, अध्यापक सिर्जना लिम्बूलगायतले उनीहरुलाई सम्मान गरेका थिए ।
कार्यक्रममा बोल्दै होटल म्यानेजमेन्ट कोर्डिनेटर श्रेष्ठले होटल म्यानेजमेन्टपछि बिएचएम पढाइ सकेर इन्टर्न गर्नका लागि विद्यार्थी युरोपियन मुलुक साथै हङकङ, फ्रान्स, खाडी मुलुकलगायतका देशमा सहभागी भइरहेको बताए । उनले इन्टर्न गर्दा नै विद्यार्थीले आफूले पढेको खर्च उठाउने उनको दावी छ ।
कलेज उत्कृष्ट विद्यार्थीहरूलाई ल्यापटप र नगद पुरस्कार समेत प्रदान गर्दै आएको कार्यक्रममा जानकारी दिइयो । युएन नवोदय कलेजले पढाइसँगै कमाउने शिक्षा दिइरहेको कलेजका अध्यक्ष झाले बताए ।






























































