धरानः सुनसरीको धरान उपमहानगरपालिका–१३ स्थित श्री पव्लिक माध्यमिक विद्यालयमा अध्ययनरत छात्रछात्राहरुलाई नेपाल प्रहरी श्रीमती संघद्वारा शैक्षिक सामग्री वितरण गरिएको छ ।
आसरा सुधार केन्द्र पानबारी धरानको आयोजनामा नेपाल प्रहरी श्रीमती संघका केन्द्रीय अध्यक्ष एवं आसरा सुधार केन्द्र रानीबारी काठमाण्डौका प्रमुख संरक्षक श्रीमती नविना खत्री कार्कीको प्रमुख आतिथ्यता तथा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरे र आसरा सुधार केन्द्र रानीबारी काठमाण्डौंका प्रशासन सचिव रोजी तुलाधर अधिकारीको विशेष आतिथ्यतामा पब्लिक माध्यमिक विद्यालयमा अध्ययनरत् छात्र–छात्राहरुलाई शैक्षिक सामग्री वितरण गरिएको हो ।
शैक्षिक सामग्री वितरणपश्चात कार्यक्रमलाई सम्बोधनको क्रममा प्रमुख अतिथि श्रीमती नविना खत्री कार्कीले हरेक बालबालिकाले गुणस्तरीय शिक्षा र सुरक्षित वातावरण पाउनुपर्छ भन्ने नेपाल प्रहरी श्रीमती संघको उद्देश्यअनुरुप शैक्षिक सामग्री वितरण गरिएको जसले विद्यार्थीहरुको अध्ययनप्रति उत्साह बढाउनुका साथै सकारात्मक मार्गमा अघि बढ्न प्रेरित गर्न मद्दत मिल्ने बताइन् । कार्यक्रममा बिद्यार्थीहरुलाई परामर्शदाता नर्सिङ प्रधान र गौरव सिहोरियाले लागूऔषधविरुद्ध सचेतनामूलक जानकारीहरूसहित प्रशिक्षण प्रदान गरेका थिए ।
कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक भीमबहादुर दाहाल, नेपाल प्रहरी प्रदेश कार्यालय धरानका प्रहरी वरिष्ठ उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुँयाललगायतको उपस्थिति रहेको थियो ।