धरानः धरानको श्रम संस्कृति पार्कबाट दुईजना युवा लागूऔषधसहित पक्राउ परेका छन् ।
धरान उपमहानगरपालिका वडा नं. २० श्रम संस्कृति पार्कमा अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रमाम दुईजना युवाको साथबाट लागूऔषध भेटेको हो ।
पक्राउ पर्नेमा धरान–१३ बस्ने २४ वर्षीय सुजन थापा र मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं.– ५ बस्ने २२ वर्षीय सुजित थापा रहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । उनीहरुको साथबाट लागूऔषध ट्रामोल–११६ (एक सय सोह्र) क्याप्सुल, कोलिवान–२७ (सत्ताईस) ट्याब्लेट, र डिसाइम्लो– ८९ (उनानब्बे) ट्याब्लेट फेला परेको प्रहरीले जनाएको छ । उनीहरूलाई लागूऔषधसहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धरानमा ल्याई थप अनुसन्धान गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।
धरानको बीपी प्रतिष्ठानअगाडिबाट लागूऔषधसहित समातिए
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अगाडिबाट लागूऔषधसहित एकजना पक्राउ परेका छन् ।
यसले प्रतिष्ठानको फार्मेसी पसलहरूमा पनि लागूऔषधको कारोबार हुने गरेको पुष्टि गरेको छ ।
लागूऔषध कारोबार भइरहेको छ भन्ने प्राप्त सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र अस्थायी प्रहरी पोष्ट जोरसखुवाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले धरान–१८ बस्ने ३४ वर्षीय दिलीप चौधरीलाई पक्राउ गरेको हो ।
चेकजाँच गर्दा निजको साथबाट लागूऔषध स्पास्मो २०७ ट्याब्लेट, निताजस्केन ७३ ट्याब्लेट, ट्रामोल–१० क्याप्सुल, वीस्की अफ २० बोत्तल, र ल्याबोरेट १ बोत्तल फेला परेको प्रहरीले जनाएको छ । उनलाई लागूऔषधसहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धरानमा ल्याई थप अनुसन्धान गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।
इटहरीमा मोटरसाइकल, नगद र लागूऔषधसहित समातिए
इटहरी उपमहानउरपालिका वडा नं.–१ बाट लागूऔषध, मोटरसाइकल र नगदसहित पक्राउ परेका छन् ।
लागूऔषध कारोबार भइरहेको छ भन्ने प्राप्त सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले जिल्ला ओखलढुंगा चिसंखुगढी गाउँपालिका वडा नं.–६ घर भई सुनसरी इटहरी उपहानउरपालिका वडा नं.–१ स्थित कोठा भाडा लिई बस्ने ३२ वर्षीय मनोज काफ्लेको कोठामा चेकजाँच तथा खानतलासी गर्दा लागूऔषध भेटेको प्रहरीले जनाएको छ ।
कोठाबाट लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १.३१ ग्राम ट्रामाडेल १० क्याप्सुल, डिकोलिन ४ ट्याब्लेट, डिक्लोमाइन– ७ ट्याब्लेट र नगद २ लाख १ हजार ४३५ फेला परेको प्रहरीले जनाएको छ । मनोज र सोही कोठामा रहेको इटहरी वडा नं.– १ बस्ने वर्ष २५ को छत्रमान लिम्बू समेतलाई उक्त लागूऔषध, नगद र को१०प ४११६ नम्बरको मोटरसाइकलसहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय इटहरीमा ल्याई थप अनुसन्धान गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।