धरानः धरान आइनपुग्दै इभी गाडी (माइक्रो) मा सवार एक महिलासहित दुईजनालाई गाँजासहित पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा भोजपुर साल्पासिलिचुङ गाउँपालिका वडा नं. २ बस्ने ३१ वर्षीय विनिता कार्की र धनकुटा साँगुरीगढी गाउँपालिका वडा नं. ९ बस्ने ४५ वर्षीय लोकबहादुर राई रहेको प्रहरीले जनाएको छ ।
धनकुटाको भेडेटार चोकस्थित कोशी लोकमार्गमा सवारी चेकजाँच गर्ने क्रममा भोजपुरबाट विराटचोक हिँडेको इभी गाडीमा गाँजा फेला परेपछि उनीहरु पक्राउ परेको प्रहरीले जनाएको छ ।
प्र. १–०२००१च४५३१ नम्बरको इभी गाडीभित्र जम्मा ३७ प्याकेट फेला पारी तौल गर्दा ३७ किलोग्राम प्रतिबन्धित लागूऔषध गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ ।