Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको पानमारा बस स्टेण्डबाट होटल सञ्चालकसहित धरानमा ब्राउन सुगर भेटेपछि दुईजना समातिए

हाम्रो कोशी आवाज
असार १९ २०८३, शुक्रबार
धरानको पानमारा बस स्टेण्डबाट होटल सञ्चालकसहित धरानमा ब्राउन सुगर भेटेपछि दुईजना समातिए

धरानः धरानको पानमारा बस स्टेण्डबाट एकजनालाई लागूऔषधसहित पक्राउ गरेको छ ।
धरान–७ पानमारा स्टेण्डस्थित ‘सेवानुङ होटल’ सञ्चालन गरी बस्ने ३६ वर्षीय रितेश भुजेललाई लागूऔषध ब्राउन सुगरसहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । उनको साथबाट लागूऔषध ब्राउन सुगर ३.०४ ग्राम र नगद ४७ हजार सहित पक्राउ गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
यस्तै, धरान–३ का शंखर गिरीलाई पनि ब्राउन सुगर र नगद ६ हजार रुपैँयासहित पक्राउ गरेको छ । धरान उपमहानगरपालिका वडा नं.– १५ बिग फुटसल छेऊमा ४३ वर्षीय गिरीको साथबाट लागूऔषध ब्राउन सुगर २.०८ ग्राम फेला परेको थियो ।
धरान–११ घर भई हाल इटहरी–४ स्थित कोठामा बस्दै आएका दिनेश भट्टराईलाई उनकै कोठाबाट ४ ग्राम २० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ भने चेकजाँचकै क्रममा प्रहरी चौकी हिले धनकुटाले संखुवासभा धर्मदेवी नगरपालिका–१ का अनिल घिसिङलाई २५० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर, लागूऔषध नियन्त्रण व्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले उदयपुरको प्रहरी चौकी लालपत्ताले प्र.१–०५–००१ प ५९७१ नम्बरको स्कुटरमा सवार त्रियुगा नगरपालिका–१० का दिलीप खड्कालाई प्रतिबन्धित औषधी ओपिडोल र स्पास्मो गरी जम्मा ४९० चक्की सहित र इलाका प्रहरी कार्यालय कटारीले प्र. २–०१–००१प ५४७७ नम्बरको मोटरसाइकलमा सवार कटारी– ४ का श्याम सहनी र रबिन खड्कालाई तापेन्ताडोल ३ सय चक्की, नगद ३३ हजार रुपैँयासहित पक्राउ गरेको छ ।
कोशी प्रदेश प्रहरीको लागूऔषधविरुद्धको महाअभियान अन्तर्गत लागूऔषधमुक्त समाज निर्माण गर्ने उद्देश्यका साथ लागूऔषधमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानुनी दायरामा ल्याउने तथा मनोपरामर्श, जनचेतना प्रदान गर्ने उद्देश्यले कोशी प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरूबाट प्रहरी टोली परिचालित हुने गरेको छ ।

प्रकाशित मिति: असार १९ २०८३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend