Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको सेल्फी रोडमा लुटपाटको घटनाः जंगलमा लुकिरहेका थिए, थप तीनजना समातिए

हाम्रो कोशी आवाज
असार २१ २०८३, आइतबार
धरानको सेल्फी रोडमा लुटपाटको घटनाः जंगलमा लुकिरहेका थिए, थप तीनजना समातिए

धरानः धरानमा लुटपाटमा संलग्न चार युवा समातिएका छन् भने एकजना अझै भाग्न सफल भएका छन् ।
धरान–१४ विजयपुर जाने सेल्फी रोडमा लुटपाटमा संलग्न भनिएका चारजनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा धरान उपमहानगरपालिका वडा नं. १६ नौलोबस्ती बस्ने २२ वर्षीय विवेक राई, धरान उपमहानगरपालिका वडा नं. १३ सुम्निमा चौक बस्ने २६ वर्षीय माछा भन्ने उज्ज्वल राई, धरान–१३ नै बस्ने २६ वर्षीय रोशन मगर र २७ वर्षीय तोरी भन्ने विकेश रुम्बा रहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी भीषणबाबु राईले जानकारी दिए । यी चारजनामध्ये एकजना तामाङ थरका एक व्यक्ति अझै फरार रहेका छन् ।
उनीहरूमध्ये प्रतिवादी माछा भन्ने उज्वल राईको साथबाट आइफोन ११ मोबाइल थान १ बरामद भएको प्रहरीले जनाएको छ । यस्तै, बिवेक राईको साथबाट घरेलु हतियार तरबार थान १ समेत बरामद भएको छ ।
उनीहरूले गत १९ गते सेल्फी रोडमा क्याफेबाट काम सकेर घर फर्किने क्रममा सन्तोष भुर्तेल र उनको साथी देव बिसुङ्खेको मोबाइल, पैसा समेत लुटेर भागेका थिए । तरबारजस्तो चक्कु देखाइ चारैतिरबाट घेरा हाली ज्यान मार्नेसम्मको धम्की दिई उनीहरूले देव र सन्तोषको मोबाइल, नगद, चाँदीको सिक्री तथा पर्स समेत डाका मारी भागेका थिए । घाँटीमा तरबारजस्तो हतियार राखेपछि भएभरका सामान दिन तयार भएको पीडित युवाहरूले बताएका छन् ।
धरान उपमहानगरपालिका वडा नं. २० स्थित जंगलमा लुकेर बसेको अवस्थामा रोशन, उज्ज्वल र विकेशलाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ । विवेक भने भाग्दै गर्दा धरान–१३ बाट समातिएका थिए ।
उनीहरूमाथि पक्राउ गरी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: असार २१ २०८३, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend