Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको बीपी प्रतिष्ठानमै पढेर, जागिर खाएर उपकुलपति बनिन् प्रा.डा. स्मृति

हाम्रो कोशी आवाज
असार २५ २०८३, बिहिबार
धरानको बीपी प्रतिष्ठानमै पढेर, जागिर खाएर उपकुलपति बनिन् प्रा.डा. स्मृति

धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा प्रा.डा. स्मृति कार्की नियुक्त भएकी छन् ।
प्रतिष्ठानले इतिहासमै पहिलो महिला उपकुलपति पाएको छ ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गत प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री बालेन्द्र शाहले उनलाई नियुक्त गरेका हुन् । उपकुलपति पदमा सिफारिस समितिले गरेको सिफारिस अनुसार उपकुलपति नियुक्त भएकी हुन् ।
उपकुलपति नियुक्तिका लागि सरकारले गठन गरेको ‘छनोट तथा सिफारिस समिति’ ले उपकुलतिका लागि जेठ ४ गते सूचना प्रकाशन गर्दै आवेदन माग गरेको थियो । जसमा प्रतिष्ठानबाट १६ जनाले आवेदन दिएका थिए । १६ जनामध्ये दुईजनाको नाम नै आएन भने १४ जनाको नाम पहिलोपटक सार्वजनिक भएको थियो । यस्तै, दोस्रोपटक ७ जना नाम आउँदा उनको पनि नाम परेको थियो ।
उनीसँगै प्रा.डा. गुरुप्रसाद खनाल, प्रा.डा. शिवेन्द्र झा, प्रा.डा. राजेश नेपाल, प्रा.डा. प्रल्हाद कार्की, प्रा.डा. गौरीशंकर शाह, प्रा.डा. पशुपति चौधरीको नाम थियो ।
धरानको बीपी प्रतिष्ठानमै पढेर, जागिर खाएर उपकुलपति
विराटनगर निवासी प्रा.डा. कार्की प्रतिष्ठानमा कार्यरत् प्याथोलोजिष्ट हुन् । प्याथोलोजी विभागको प्रोफेसर पदमा रही उनले २५ वर्ष काम गरेकी थिइन् । प्रतिष्ठानमै पढेर हाउस अफिसर हुँदै उनी अहिले उपकुलपतिसम्म भएकी हुन् ।
प्याथोलोजीमा एमबी गरेकी उनले हाउस अफिसर, एमडी, एसआर, एसिस्टेन्ट, एशोसिएट, एडिसनल हुँदै प्रोफसर, विभागको हेड, कास मेम्बर हुँदै उनी अहिले प्रतिष्ठानकै उपकुलपति भएकी हुन् ।

प्रकाशित मिति: असार २५ २०८३, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend